अमेरिकी हिंसाः ओबामाले रिपब्लिकन पार्टीका नेताहरुका सामू राखे यस्ता २ विकल्प

लोकपथ संवाददाता
0
Shares
Former President Barack Obama, addresses the service during the funeral for the late Rep. John Lewis, D-Ga., at Ebenezer Baptist Church in Atlanta, Thursday, July 30, 2020. (Alyssa Pointer/Atlanta Journal-Constitution via AP, Pool)

ट्रम्पका समर्थकहरुले राष्ट्रपति चुनावमा धाँधली भएको भन्दै अमेरिकाको संसद भवनमै भाँडभैलो मच्चाएका छन् । डेमोक्रेटिक पार्टीका जो बाइडेनको विजय औपचारिक रुपमा घोषणा गर्ने कार्यक्रम चलिरहँदा ट्रम्प समर्थकहरु आन्दोलनमा उत्रिएका हुन् ।

आन्दोलन चर्किएपछि सुरक्षाकर्मीहरुले गोली चलाउनुपर्ने अवस्था आएको थियो । जसमा परी एक महिला प्रदर्शनकारीको मृत्युसमेत भएको छ । उनीसँगै थप ३ जना गरी जम्मा ४ जनाको मृत्यु भइसकेको छ भने ५२ जनालाई पुलिसले हिरासतमा लिएको छ ।

यस घटनालाई लिएर विश्वभरिका नेताहरुले टिकाटिप्पणी गरेका थिए । अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले पनि यस विषयमा आफ्नो मत राखेका छन् । फेसबुकमा स्टाटस राख्दै उनले यस घटनालाई इतिहासले याद राख्ने बताएका छन् ।

कानूनसम्वत् गरिएको निर्वाचन र त्यसबाट आएको निष्पक्ष नतिजाको विरोध गर्दै राष्ट्रपति(ट्रम्प)ले आफ्ना समर्थकलाई यस्तो हर्कत गर्न उक्साउनु देशको लागि लज्जास्पद र असम्माननीय कार्य भएको ओबामाले उल्लेख गरेका छन् ।

उनले स्टाटसमार्फत् यस्तो उद्दण्ड मच्चिएकोमा ‘अचम्म’ पनि नलागेको बताउँदै भनेका छन्, ‘दुई महिनासम्म एउटा पार्टी र उसको मातहतका मिडियाले आफ्ना अनु्यायीहरुलाई सत्य कुरा बताउन अनिच्छुक भएको देखिन्छ । आफ्नो वर्षौंदेखि रहिआएका असन्तुष्टिहरुका कारण उनीहरुले काल्पनिक कथा बुनेर जनतालाई झुटको भूमरीमा फसाउँदै आएका छन् । जसको नतिजा आजको हिंसात्मक घटना हो ।’

प्रदर्शनकारीहरु ‘यूएस क्यापिटोल’ भवनको झ्यालढोका तोडफोड गर्दै संसदभित्रै छिरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले प्रकाशित गरेका तस्वीरहरुमा प्रदर्शनकारीहरु बाल्कोनीबाट हाम फालेर, झ्यालबाट छिरेर संसदभित्र प्रवेश गरेको देख्न सकिन्छ ।

उनले रिपब्लिकन पार्टीका नेताहरुलाई दुईवटा विकल्प दिएका छन् । एउटा, यस्तै हिंसात्मक बाटो अपनाएर द्वन्द्वको आगोमा दाउरा थप्ने । अर्को, दन्किरहेको आगोलाई निभाउन भूमिका निर्वाह गर्ने र अमेरिकालाई चुन्ने ।

उनले जर्जिया राज्यका स्थानीय निर्वाचन अधिकारीहरूले निडर भइ आफ्नो कर्तव्य पालना गरेकोमा सम्मान व्यक्त समेत गरेका छन् ।

उनले सम्पूर्ण अमेरिकी जनतालाई नवनियुक्त राष्ट्रपति जो बाइडेनलाई स्थिर राजनीति कायम गर्न मद्दत पु¥याउन आग्रह समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?