रोनाल्डो बारे ९ रोचक तथ्य, कमाई अमेरिकी राष्ट्रपति भन्दा धेरै !

बिप्लव जमकटेल-काठमाडौं । पोचुर्गल तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासको सबैभन्दा चर्चित खेलाडी हुन । उनको जन्म ५ फेब्रुअरी १९८५ मा पोर्चुगलको सहर फनचल, मेडिरामा भएको थियो ।

सोच्नुहोस् त १९ वर्षे खेल जीवनमा ७ सय ५८ पटक गोल गर्नु कति कठिन होला । यो दुर्लभ जित आफ्नो पोल्टामा पार्ने सफल र बुचर्चित खेलाडि हुन् पोर्चुगलका ३५ वर्षे खेलाडी हुन् रोनाल्डो । उनले आफ्ना जीवनमा धेरै मिठो र लोभलाग्दो सफलता हासिल गरेका छन् ।

क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् । रोनाल्डोले २२ चोटि ९० औँ मिनेटमा गोल गरीसकेका छन् ।

१) रक्सी, चुरोट : 

रोनाल्डोका पिता जोसे डेनिस एभिरोको अत्याधिक रक्सी सेवनका कारण ५२ वर्षको उमेरमा निधन भएको थियो । पिताको कुलतका कारण उनको बाल्यकाल एकदमै दुखदपूर्ण रहेको थियो ।

Ronaldo's sister posts touching message to late father - AS.com

आफ्नो बाल्यका दुखद भए पनि आफ्नो बच्चाको बाल्यकाल सुखद रहोस भनेर, उनले जीवनमा कहिले पनि रक्सी पिएनन् । त्यसैले उनी रक्सी र चुरोटको लतबाट टाढा छन् ।

२) ट्याटु : 
अचेल युवा पुस्ता ट्याटु भनेपछि हुरुक्कै हुन्छन् । शरीरका विभिन्न भागमा ट्याटु खोप्ने चलन बढ्दै गएको छ । झन् फुटबल स्टारहरुले ट्याटु हान्ने त ‘ट्रेन्ड’ जस्तै भइसकेको छ । रोनाल्डोले आफ्नो ज्यानमा ट्याटु खोपेका छैनन् ।

Why Cristiano Ronaldo refuses to get a tattoo | HELLO!

त्यसको पछाडि पनि एउटा कारण रहेको छ । रोनाल्डोले नियमित रक्तदान गर्ने गरेका छन् । सोही कारण उनले शरीरमा ट्याटु नखोपेका हुन् ।

३) खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल :

क्रिस्टियानो रोनाल्डोले खेलको १ देखी ९० मिनेटको समयमा सबै मिनेटमा गोल गरेका छन् । रोनाल्डोले २०१४ फेब्रुअरी ११ मा एथ्लेटिको म्याड्रिड विरुद्धको खेलमा सातौँ मिनेटमा गोल गरे पछि सो रेकर्ड बनेको बनाएका हुन् । उक्त रेकर्ड बनाउने उनी संसारकै पहिलो खेलाडी हुन् । रोनाल्डोले २२ चोटि ९० औँ मिनेटमा गोल गरीसकेका छन् ।

४) रोनाल्डो नाम कसरी रहन गयो ?

फुटबलका लागि ‘रोनाल्डो’ नाम अपरिचित हैन । विश्व विजेता ब्राजिलका खेलाडीको नाम पनि रोनाल्डो रहेको थियो । नाम पछाडिको इतिहास सधै एउटै हुँदैन । रोनाल्डोका पिताका मनपर्ने अभिनेता तथा अमेरिका ४० औं राष्ट्रपति रोनाल्ड रेगनबाट प्रेरित भएर छोराको नाम रोनाल्डो राखेका थिए । रोनाल्डोको पूरा नाम ‘क्रिस्टियानो रोनाल्डो डोस् सान्तोस एभिरो’ हो ।

५) ११ वर्षमै अचम्का खेलाडी :

स्पोट्रिङ लिस्वोनमा रहदा रोनाल्डोको प्रतिभाबाट प्रभावित भएर प्रशिक्षकले भनेका थिए । ‘रोनाल्डोको खुटामा बल परेमा उनी सजिलै दुई वा तीन खेलाडीलाई आरामले छक्याउँछन् । हरेका खेल सकेपछि उनका साथी खेलाडीहरु उनको वरपर भेला हुन्थ्ये किन कि ति खेलाडीलाई लाग्थ्यो कि रोनाल्डोमा एक दिन विश्वको उत्कृष्ट खेलाडी हुने गुण छ ।’

रोनाल्डो १६ वर्षको हुँदा उनको ड्रिबलिङ क्षमताबाट प्रभावित भएर स्पोर्टिङ सिपीका प्रशिक्षकले उनलाई युवा टिमबाट मुख्य टिममा बढुवा गरे । उनी एकै सिजनमा क्लबको १६ वर्ष मुनिको उमेर समूह, १७ वर्ष मुनिको उमेर समूह, १८ वर्ष मुनिको उमेर समूह, बी टिम र मुख्य टिमबाट खेल्ने पहिलो खेलाडी बने । सन २००२ अक्टोबर ७ मा उनले पोर्चुगलको प्रिमियर लिगाको पहिलो खेलमा दुई गोल गरे जुन खेलमा उनको टिम ३(० ले विजयी भयो ।

६) स्थिर र छिटो : 

उनी दिनमा ३ हजार पल्ट सेटअप गर्छन् । उनले स्पेनका १०० मिटर दौडका च्याम्पियन डेभिड रोड्रिगेजलाई जिकज्याक दौडमा पराजित गरेका थिए । उनी व्यवसायिक एथ्लेक्स भन्दा पनि छिटो छन् । उनको शरिरको बनाबट कुनै मोडलको भन्दा कम छैन ।

७) एनबिए खेलाडीभन्दा माथि उफ्रने : 

उनी उफ्रन सक्छन् । त्यो गति भनेको संसारको सबैभन्दा छिटो जनवार चितुवाको भन्दा ५ गुणा बडी हो । बसेको ठाउँबाट उफ्रँदा उनको शरिको लम्बाई ४४ से।मि हुन्छ भने दौडेर उफ्रँदा उनले ७८ से.मि को उचाई छुन्छन् ।

Cristiano Ronaldo Highest Jump Record Header Height in CM, Meters, Inches & Feet

यो उचाई औसत एनबिए खेलाडीको भन्दा धेरै हो । उनले प्रहार गर्ने फ्रिकिक ‘एपोलो ११’ अन्तरिक्ष यान भन्दा चार गुणा छिटो हुने गर्छ । यो जोक्स हैन, वैज्ञानिकले यसलाई पुष्टि गरिसकेका छन् ।

८) रोनाल्डोको छोरा :

क्रिस्टियानो रोनाल्डोको छोराको नाम क्रिस्टियानो रानाल्डो जुनियर हो । जुनियरको जन्म सन् २०१० जुन १७ मा भएको थियो । रानाल्डोले आफ्नो छोराको आमाको परिचय गोप्य राखेका छन् ।

Cristiano Ronaldo's son is worryingly ripped for a seven-year-old | Closer

विदेशी मिडियाहरुका अनुसार रोनाल्डोको बच्चाको आमा इंग्लिस, अमेरिकी वेटरसँग रोनाल्डोको म्यानचेस्टरमा रहदा एकरातको सम्बन्ध स्थापित भएको थियो । त्यो सम्बन्धमा ति महिला प्रेगनेन्ट हुन पुगेकी थिईन् । रोनाल्डोले ति महिलालाई आफ्नो पहिचान गोप्य राख्न १ करोड पाउण्ड दिएका थिए ।

९) कमाई अमेरिकी राष्ट्रपति भन्दा धेरै : 

एक रिपोर्टका अनुसार अमेरिकी राष्ट्रपतिले एक वर्षमा कमाउने पैसा रोनाल्डोले ६ दिन ९ घण्टा १७ मिनेट ५ सेकेन्डमा कमाउँछन् । उनी संसारकै सबैभन्दा धेरै तलब लिने फुटबल खेलाडी मध्य एक हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?