Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

चीनको रहस्यमय सक्रियता : चिनियाँ राजदूत र अध्यक्ष नेपालबीच भेटघाट, के भयो कुराकानी ?

लोकपथ संवाददाता १० पुस २०७७, शुक्रबार १७:१९
चीनको रहस्यमय सक्रियता : चिनियाँ राजदूत र अध्यक्ष नेपालबीच भेटघाट, के भयो कुराकानी ?
शेयर गर्नुहोस् Facebook

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका (नेकपा) को प्रचण्ड समूहका अध्यक्ष माधव नेपालसँग चिनियाँ राजदूत होउ यान्छीले भेट गरेकी छन् ।

राजदूत यान्छी र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् ।

कोटेश्वरस्थित नेपालको निवासमा भएको भेटमा उनीहरुबीच दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको हो । यसअघि यान्छीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति विद्यादेवि भण्डारीसँग पनि भेटवार्ता गरेकी थिइन् ।

 

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।