Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

प्रतिनिधि सभा विघटन : पुस १९ गतेसम्म लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश

लोकपथ संवाददाता १० पुस २०७७, शुक्रबार १६:५१
प्रतिनिधि सभा विघटन : पुस १९ गतेसम्म लिखित जवाफ पेश गर्न सर्वोच्चको आदेश
शेयर गर्नुहोस् Facebook

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनमा सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। संवैधानिक इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि आज (शुक्रवार) संसद विघटनको कारण देखाउन आदेश जारी भएको हो।

इजलासले म्याद थाम्न नपाउने गरी पुस १९ गतेसम्म लिखित जवाफ पेश गर्न विपक्षीहरूलाई आदेश दिएको छ।

त्यस्तै अदालतले राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधि सभा विघटन गर्ने निर्णयको सक्कल फाइल मगाउने, संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको मिति र समय खुल्ने गरी सक्कल रजिष्टरसमेतका कागजात संसद सचिवालयबाट झिकाउन भनेको छ।

No description available.

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।