२०७७, ५ पुष आईतवार १५:५६

निर्वाचन आयोगलाई प्रश्न : सरकारले भनेको मितिमा चुनाव गर्न सकिन्छ ?


प्रकाशित मिति : २०७७, ५ पुष आईतवार १५:५६

काठमाडौं – सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरी दुई चरणमा प्रतिनिधिसभा चुनाव गर्ने निर्णय गर्दै मिति तोकेकी छिन् ।

आउँदो साल २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभा चुनावको मिति घोषणा भएसँगै ‘स्थिरता खोई त ?’ भन्ने प्रश्नहरु पनि उठेका छन् । ठाउँठाउँमा विरोध प्रदर्शन भएका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएपछि लोकपथ डटकमले निर्वाचन आयोगसँग प्रश्न गरेको छ । के सरकारले भनेको मितीमा निर्वाचन गराउन सकिन्छ ?

यस्तो छ आयोगको जवाफ : 

”निर्वाचन आयोगको काम निर्वाचन गराउने नै हो । सरकारले उपयुक्त वातावरण बनाएमा हामी तयार छौँ । तत्पर छौँ । औपचारिक चिठि वा जानकारी पाएका छैनौँ । प्रधानमन्त्रीबाट बोलावट भएको छ ।”

प्रधानमन्त्रीसँग भेट्नको लागि प्रमुख निर्वाचन आयुक्त, र दुवै आयुक्तहरु बालुवाटार जान लागेको निर्वाचन आयोग स्रोतले लोकपथलाई जानकारी दियो ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

संसद विघटनको प्रस्ताव राष्ट्रपतिबाट अनुमोदन (विज्ञप्तिसहित) 
संसद विघटनविरुद्ध काठमाडौं कांग्रेसद्वारा आन्दोलनको घोषणा, सहभागी हुन गगन थापाको आग्रह
संसद् विघटन : सैनिक मुख्यालयमा ‘छलफल’, चारवटै सुरक्षा निकाय ‘हाई अलर्टमा’

प्रतिक्रिया दिनुहोस