ब्रिटिस र सिंगापुर भर्तीका लागि नेपालका ५६ जिल्लाबाट बोलाइए ७ सय बढी युवा

काठमाडौँ — ब्रिटिस आर्मी र सिंगापुर पुलिस फोर्सका निम्ति ७ सय ७० नेपाली युवालाई अन्तिम प्रतिस्पर्धाका लागि बोलाइएको छ । ब्रिटिस आर्मी मुख्यालयले आर्मी डट एमओडी डट युके नामक वेबसाइटमा रेक्रुट–इन्टेक आरआई–२०२१ का निम्ति ७ सय ७० नेपाली युवाको नामावली सार्वजनिक गरेको छ ।

बेलायत सरकारले यही डिसेम्बर १० बिहीवारका दिन मनाङ, मुस्ताङ, डोल्पा, सिरहा, धनुषालगायत नेपालका ५६ जिल्लाका युवाहरूको नामावली सार्वजनिक गर्दै बोलाएको हो ।

आगामी जनवरी २३ बाट सिंगापुर र फेब्रुअरी २ बाट ब्रिटिस गोर्खाको छनोट शुरु हुनेछ । यसअघि जनवरीमै सम्पन्न हुने प्रक्रिया कोरोना भाइरस महामारीका कारण केही पछि धकेलिएको हो ।

गएको वर्ष क्षेत्रीय र अन्तिम चरणको छनोटबाट बाहिरिएकामध्ये केही युवालाई मात्र अन्तिम प्रतिूपर्धाका लागि मौका दिइएको छ । ७ सय ७० मध्ये ३४० जनालाई बेलायत र १ सय ४० जनालाई सिंपुर लगिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?