भिजिट भिसामा विदेश जाँदा ठगिनुभएको छ ? विभागले गर्‍यो यस्तो अनुरोध

काठमाडौं । वैदेशिक रोजगार विभागले भिजिट भिसामा विदेश जानेहरुका लागि केहि समस्या परेमा उजुरी दर्ता गर्न अनुरोध गरेको छ ।

विभागले भिजिड भिसामा कामका लागि विदेश जाँदा अलपत्र परेमा वा जाने भनेर पासपोर्ट बुझाउनु भएको छ ? यदि छ भने अबको एक महिना भित्र प्रमाणसहित उजुरी दिन अनुरोध गरेको हो ।

विभिन्न म्यानपावर कम्पनीहरुले भिजिट भिसामा विदेश पठाइदिने भन्दै गठी गरेको भन्ने सूचनाहरु आएसँगै विभागले अनुगमन गरी कडाई गर्न थालेको हो ।

विभागले भिजिट भिसामा पठाउने, पठाउने तयारी गरिरहेका र पठाएर अलपत्र पार्ने म्यानपावर, व्यक्ति वा ट्राभल एण्ड टुर्सको स्पष्ट नाम ठेगानासहित वैदेशिक रोजगार विभाग वा नजिकको श्रम तथा रोजगार कार्यलयमा निवेदन दिन समेत अनुरोध गरेको हो ।

आफ्नो जिल्ला प्रशासन कार्यालय वा विभागको अनुगमन शाखाको इमेल ठेगाना [email protected] मा इमेल गरेर पनि उजुरी दिन समेत विभागले एक सूचना जारी गर्दै आग्रह गरेको छ ।

सरकारबाट इजाजत प्राप्त नै म्यानपावर कम्पनीहरुले विभिन्न देशमा रोजगारीका लागि पठाइदिने भन्दै पासपोर्ट र चर्को रकम असुल गरी भिजिट भिसामा पठाउने गरेको सूचना प्राप्त भएसँगै विभागले आकस्मिक रुपमा अनुगमन शुरु गरेको हो ।

छानबिन गर्दा विभिन्न व्यक्तिहरुले भिजिट भिसामा गई अलपत्र परेका र जाने भनी रकम र राहदानी बुझाएकाहरुले आफू ठगीमा परेको भन्दै उजुरी परेसँगै विभागले छानबिन थालेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?