काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकले दुवै नेकपाका अध्यक्षद्वयको प्रस्तावलाई छलफलका लागि पठाइएको छ ।
यसअघि सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको प्रस्ताव गरेका थिए । आजको बैठकमा सबै स्थायी कमिटी सदस्यहरुलाई अध्ययनका लागि पठाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार सो प्रस्ताव अध्ययनका लागि ७ दिनको समय अर्थात मंसिर २८ गतेसम्मका लागि छुट्टाइएको हो ।
त्यस्तै उक्त प्रस्तावका विषयमा आगामी मंसिर २८ गते बस्ने बैठकमा छलफल गरिने भएको हो ।
नेकपा विवाद चरमोत्कर्षमा पुगेका बेला प्रचण्डले ओलीमाथि संगिन आरोपहरु लगाउँदै सचिवालयमा बैठकमा एकल प्रस्ताव दर्ता गराएका थिए भने त्यसको प्रतिउत्तरमा ओलीले गत मंसिर १३ गतेको बैठकमा अर्को प्रस्ताव दर्ता गराएका थिए ।
प्रचण्डपक्षले प्रस्वावका विषयमा छलफल हुने बताएपनि ओलीले भने त्यसलाई आलटाल गर्दै आइरहेका छन् ।
आजको बैठकमा विभिन्न कारणहरु देखाउँदै ओली अनुपस्थित रहेका थिए । ओलीले कारणहरु खुलाउँदै आफू उपस्थित हुन नसक्नुका कारणहरु खुलाउँदै पत्र पठाएका थिए । उक्त पत्र उपप्रधानमन्त्री समेत रहेका सचिवालय सदस्य ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।
नेकपा विवादका कारण बैठकहरु प्रभावित बनेका छन् । आगामी मंसिर २५ गतेका लागि बोलाइएको नेकपा केन्द्रीय समिति बैठक आगामी पुष ५ गतेसम्मका लागि सारिएको छ ।
यसअघि प्रकाशित :
४० मिनेट ढिलो गरी शुरु भयो नेकपा स्थायी कमिटी बैठक, ओली गएनन् !
शुरु भएन नेकपाको स्थायी कमिटी बैठक, ओली अझै पुगेनन् धुम्बाराही
नेकपाको स्थायी कमिटी बैठक : धुम्बाराहीमा सुरक्षा व्यवस्था कडा
नेकपा स्थायी कमिटी बैठक आज बस्दै, समाधानको सुत्र पहिल्याउन सक्ला ?
स्थायी कमिटी बैठकमा नगएका ओलीले पठाएका थिए पत्र, के थियो व्यहोरा ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया