सचिवालय बैठकपछि प्रवक्ता भन्छन् – ‘भोलि बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल हुन्छ’

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ ।

मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आजको बैठकमा अध्यक्षद्वयले आ – आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठक भोली दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठक बस्नुअघि नेताहरुबीच अनौपचारिक छलफल पनि हुने उनको भनाई छ ।

सचिवालय बैठकमा अध्यक्षद्वयको प्रतिवेदनसँगै पार्टीभित्र देखिएको संकटको जड र समाधानका विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए । उनले भने, ‘‘अध्यक्षद्वयले प्रस्तुत गर्नुभएको प्रस्ताव, पार्टीमा संकट आउनुको कारण, त्यसको समाधानका र निकासका बारेमा केन्द्रित भएर छलफल गर्ने काम बाँकी छ ।’’

उनले स्थायी कमिटी बैठक पूर्वनिर्धारित समयमै हुने पनि बताए ।

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् : 

महासचिव पौडेललाई केक खुवाउँदै शुरु भयो सचिवालय बैठक, वामदेवले भने- ‘१०० बर्ष बाँच्नुहोस्’

नेकपा सचिवालय बैठकः पत्रकारलाई बालुवाटारको गेटमै रोकियो

सकियो नेकपा सचिवालय बैठक, के भयो कुराकानी ?

नेकपा सचिवालय बैठक भोलि फेरि बस्ने 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?