काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक प्रस्ताव ल्याउने भएका छन् ।
आज बसेको नेकपा सचिवालय बैठकमा उक्त निर्णय भएको सचिवालय सदस्य समेत रहेका पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकल प्रस्ताव दर्ता गरेका थिए ।
अध्यक्ष ओलीको प्रस्ताव आएपछि आगामी सचिवालय बैठकमा अध्यक्षद्यबीच छलफल हुने हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
“पार्टीको संकटलाई लिएर यसको निवारण सम्बन्धी विषयमा आजको सचिवालय बैठक बसेको थियो । बैठकले ओलीले पनि आफ्नो तर्फबाट प्रस्तुत गर्ने अध्यक्षको प्रस्तावसमेतलाई लिएर १३ गते सचिवालय बैठक बस्नेछ । बैठकमा पार्टीको संकट र निवारणका सन्दर्भमा यसअगाडी प्रस्तुत गरिएको सबै सामाग्री र प्रस्ताव अध्यक्ष ओलीले प्रस्प्रस्तुत गर्ने प्रस्ताव समेतका आधारमा छलफल गरेर निकास निकाल्ने प्रयत्न गरिनेछ ।” उनले भने ।
त्यस्तै आजको बैठकले स्थायी कमिटि र केन्द्रीय कमिटि बैठकको मिति तय गरेको छ । प्रवक्ता श्रेष्ठकमा अनुसार स्थायी कमिटि बैठक मंसिर १६ र केन्द्रीय कमिटि बैठक मंसिर २५ गते बस्ने भएको छ ।
“सचिवालयको बैठक पछाडी यसअघि नै निर्धारित केन्द्रिय कमिटीको बैठक बस्ने कार्यतालिकामा केहि परिवर्तन गरिएको छ । १८ गते स्थायी कमिटीको बैठक बस्नेछ । “उनले भने ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !
अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक
झनै बढ्यो अन्योल : सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक
नेकपाको सचिवालय बैठक आज, विवादकाबीच बोलाइएको बैठक बस्ला ?
शुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया