काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित ५ सचिवालय सदस्यको बैठक सकिएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बसेको अनौपचारिक सचिवालय बैठकमा पार्टीभित्रको विवाद समाधान गर्न सचिवालय बैठक बस्नुपर्ने निचोड निस्किएको सचिवालय सदस्य समेत रहेका नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
गत शनिवार प्रचण्डसहितका सचिवालय सदस्यहरुले ओलीसँग भेटी बैठक बस्न माग राख्दै पत्र बुझाका थिए । तर सोमवारसम्म बैठक बस्ने अपेक्षा गरिएको तर ओलीले बैठक बोलाउने छाटकाट नदेखिएपछि मंगलवार प्रचण्डले बैठक बस्ने विषयमा गम्भीरतापूर्वक छलफल भएको बताएका छन् ।
“५ सदस्यहरुले २२ गते अर्को अध्यक्ष ओलीलाई भेटेर पनि लिखित रुपमै सचिवालयको बैठक बोलाउन आग्रह र सहमति जनाउन अनुरोध गरेको थियो । हिजोसम्म हामीले बैठक बस्ने अपेक्ष गरेपनि बस्न सकेन । बस्ने कुरामा उहाँले सहमति दिनु भएको छैन । आज कार्यकारी अध्यक्ष प्रचण्डले फेरि ओलीलाई भेटेर यसबारेमा गम्भीरतापूर्वक छलफल भएको छ ।” उनले भने ।
आजको छलफलमा पनि पार्टीभित्र देखिएको विवाद समाधानका लागि बैठक बोलाइनुको विकल्प नरहेको र प्रचण्डले जसरी पनि बैठक बोलाउनको लागि जोड दिएको प्रवक्ता श्रेष्ठले बताए । प्रधानमन्त्री ओली भोली राजधानी बाहिर जाने कार्यक्रम रहेकोले पर्सी अर्थात कार्तिक २७ गते जसरी पनि सचिवालय बैठक बोलाउन प्रचण्डले जोड दिएको उनले बताए । “बैठक बस्नु बाहेक अर्को विकल्प छैन । आज पनि प्रचण्डले बैठक बोलाइनु पर्ने बताएका छन् “। उनले भने, “भोलि ओली काठमाडौं बाहिर जाने स्थितिमा पनि पर्सी २७ गते सचिवालय बैठक बस्नुपर्छ भनेर प्रचण्डले भन्नुभएको छ ।”
आज सचिवालय बैठक बस्नुअघि ओली भेट्न प्रचण्ड बालुवाटार पुगेका थिए । तर ओलीले भने २७ गते बैठक बस्ने कुरामा सहमती जनाएको समेत उनले बताएका छन् । प्रधानमन्त्री ओलीको भोलीको कार्यक्रम सकिएपछि सहमतीको आधारमा बैठक बस्ने प्रयास गरिने उनको विश्वास रहेको छ ।
“आजको भेटमा पनि बैठक अनरोध गर्नुभएको छ । तर ओलीले बैठक २७ गते बस्ने कुरामा पनि सहमति जनाएका छैनन् । उहाँले प्रचण्डले भनेअनुसार भोलिको कार्यक्रम सर्किएपछि पर्सी बस्ने कुरामा सहमति जनाउनेछन् । सहमतिका आधारमा बैठक बस्नेछ ।” उनले भने
यस अघि गत शनिवार पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयका बहुमत ५ सदस्यहरुको बैठक बसेका थिए । बैठकमा प्रचण्ड, श्रेष्ठसहित, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको उपस्थिती रहेको थियो ।
यो पनि
सचिवालय बोलाउन ओली सकारात्मक, विष्णु पौडेललाई दिए जिम्मा
ओली भेट्न बालुवाटार पुगे प्रचण्ड
प्रचण्ड समूहले आज पनि बोलायो सचिवालय बैठक
धुम्बाराहीमा शुरु भयो प्रचण्ड समूहको बैठक
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया