मेलम्चीमा मनलाग्दी : चीनमा मुद्दा जितेसँगै नेपालका दुई बैंकले पैसा फिर्ता पाउने

काठमाडौं । विगत लामो समयदेखि मेलम्ची शब्द नै नेपाली समाजमा बदनाम भएको छ । लामो समयको आश्वासन तर शुन्य उपलब्धिका कारण नेपाली जनता मेलम्चीको शब्द सुन्नै रुचाउँदैनन् ।

यसो हुनुको मुख्य कारण नेपाली जनताले मेलम्ची आयोजनालाई भष्ट्राचारको केन्द्रको रुपमा बुझेका छन् । हुनपनि काठमाडौं देखि २९ किलोमिटर मात्र टाढा रहेको मेलम्ची आयोजनामा काम शुरु भएको पनि २२ वर्ष भइसक्यो । तर काकाकुल काठमाडौंले मेलम्चीको पानीले कहिले प्यास मेट्न पाउँछ भन्ने अझै अत्तोपत्तो छैन् ।

२२ वर्षको अन्तरालमा राज्यको कार्यकारी भुमीकामा २१ व्यक्तिहरु फेरिए जसमा राजा ज्ञानेन्द्रको दुइ पटक प्रत्यक्ष शासन पनि लागू भएको थियो । २२ वर्ष, २१ प्रधानमन्त्रीले आफ्नो राजनीतिको मुख्य एजेन्डा बनाएकोे मेलम्ची अझैसम्म बन्न सकेको छैन ।

मेलम्चीमा राज्यको तर्फबाट मात्र नभएर अन्तर्राष्ट्रिय संस्थाले पनि मेलम्चीको नाममा भष्ट्राचार गरेका छन् ।

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी चाइना रेल्वे ग्रुप अफ कम्पनीले विभिन्न कारण देखाउँदै नेपाल सरकारसँग ठेक्का सम्झौता रद्द गरेको थियो । ठेक्का सम्झौता रद्द गरेपनि चाइना रेल्वे ग्रुप अफ कम्पनीले केहि रकम लिएर भागेको थियो । जसको काउन्टर ग्यारेन्टि बैंक अफ काठमाण्डू र हिमालयन बैंक बसेका थिए ।
ठेक्का सम्झौता तोडेर चाइना रेल्वे ग्रुप अफ कम्पनी भागेपछि शुरुमा बेइजिङको जिल्ला अदालतमा दुवै बैंकले उक्त मुद्दा हारेका थिए । त्यसपछि चाइनाको उच्च जन अदालतमा पुनरावेदन गरिएको थियो । जहाँ मुद्दाको फैसला चाइना रेल्वे ग्रुप अफ कम्पनीको विरुद्ध भएको थियो ।

यसका साथै बैंक अफ काठमाण्डू र हिमालयन बैंकले १ अर्ब ५१ करोड रुपैयाँ फिर्ता पाउने भएका छन् ।

चाइना रेल्वे ग्रुप अफ कम्पनीको तर्फबाट बैंक अफ काठमाण्डू ८५ करोड र हिमालयन बैंक ६६ करोड रुपैयाँ काउन्टर ग्यारेण्टी बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?