काठमाडौं । अनसनरत डा गोविन्द केसी र सरकारी पक्षबीच स्थगित वार्ता पुनः शुरु भएको छ ।
सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव मैनाली दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को शिक्षामन्त्रीको भर्चुअल बैठकमा सहभागी हुनुपर्ने भएकाले केही समयका लागि वार्ता स्थगित गरिएको थियो ।
दुई पक्षबीचको वार्ता पुनः शुरु भएको डा केसीका सहयोगी प्रितम सुवेदीले लोकपथलाई जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा आज (बिहीबार) बिहान साढे दश बजेदेखि जारी वार्ता ३ बजे स्थगित गरिएको थियो । ४ बजेका लागि पुनः वार्ता शुरु गर्ने भनिएपनि केहि ढिला गरि शुरु भएको सुवेदीले बताए ।
बिहान देखि भएको वार्तामा सरकारी टोलीसँग डा केसीका मागहरुको सम्बन्धमा बुँदागत छलफल नेपाल चिकित्सक संघका अध्यक्ष डा लोचन कार्कीले बताए ।
यसअघि भएको छलफललाई ड्राफ्ट बनाई दुवै पक्षबिच छलफल गरिने डा कार्कीले बताए । उनले आफुहरु जतिसक्दो छिटो वार्तालाई निष्कर्षमा पुर्याउन चाहेको समेत बताए ।
यो पनि
सरकारी टोली र डा. केसीको प्रतिनिधिबीचको वार्ता स्थगित, के हो कारण ?
सरकार र अनसनरत डा. केसी पक्षबीच वार्ता शुरु
सरकार र अनसनरत डा. केसीबीच आज वार्ता हुँदै, होला त मागको संबोधन ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया