बलि चढाईनबाट बचे २ युवती : नापिएको थियो उचाई पनि

काठमाडौं । नेपाल भारत सीमाबाट बलि दिन भारततर्फ लैजाने क्रममा दुई युवतीहरुको उद्धार गरिएको छ ।

उनीहरुलाई बुधवार भारत सीमाको भाण्टावारी नाकाबाट उद्दार गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भारततर्फ लैजान लागिएका ती दुवै युवतीहरुको घर सप्तरी रहेका ती युवतीहरुलाई नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट उद्धार गरिएको हो ।

उद्दार गरिएकामा अन्दाजी २२ वर्षकी अर्की युवती र १९ वर्षीया किशोरी रहेका छन् । साथै उनीहरुसँगै रहेका २ जना पुरुषलाई समेत प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

प्रहरीले उनीहरुले शंका लागेर सोधखोज गर्ने क्रममा ती पुरुषहरुले उनीहरुलाई भारततर्फ लैजान लागेको खुलेको हो । तर प्रहरी अनुसन्धानमा भने आफूहरु किशोरीको आफन्त रहेको समेत बताएका छन् ।

ती पुरुषहरुले दुई युवतीहरु नाताले भिनाजु भन्दै सालीलाई पूजाको लागि भारत लैजान लागेको प्रहरीले जनाएको छ ।

तर उद्दार गरिएका युवतीहरुले भने आफुहरुलाई सिमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाकालागि भनेर ल्याइएको प्रहरी समक्ष बयान दिएका छन् ।

प्रहरीका अनुसार भारत तर्फ लैजानु पूर्व ती युवतीहरुको उचाई समेत नापिएको थियो । त्यसैगरी हातको रेखा समेत हेरी पुजाका लागि योग्य भनि ठहर गरिएको युवतीहरुले बताएका छन् ।

सिमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजामा ध्यानमा बसे वापत १,२ लाख रकम दिने भनि युवतीहरुलाई भारततर्फ लैजान खोजिएको थियो। प्रहरीको अनुमान अनुसार किशोरीहरुलाई पुजामा ध्यानमा बस्ने सर्तमा लगेको देखिएकाले उनीहरुलाई बलीका लागि लगिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

यो छुटाउनुभयो कि ?

योजनाकारको त्यो ३ प्रश्न, युवतीले थाहा पाइन् आफूलाई बलि चढाइँदैछ !

नेपालका गिरोह र भारतीय पुजारीको डरलाग्दो ‘सेटिङ’, अन्ततः प्रहरीले यसरी पक्रियो अभियुक्त

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?