बागमती प्रदेश सरकारद्वारा २६ कर्मचारी माग (सूचनासहित)

काठमाडौं । बागमती प्रदेश सरकारले २६ कर्मचारी माग गरेको छ । बुधवार एक सूचना जारी गर्दै प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले करारमा नियुक्त हुनेगरी विभिन्न जिल्लाका लागि २६ जना इन्जिनियरहरु माग गरेको हो ।

अधिकृत सातौँ तहको हाइवे उपसमूहका १८ र इन्जिनियर सातौ तहकै बीएण्ड आर उपसमूहका ८ सिभिल इन्जिनियर माग गरिएको मन्त्रालयले जनाएको छ ।

माग गरिएका कर्मचारीहरु काठमाडौं उपत्यका बाहेकका जिल्लामा निर्माण गर्न लागिएको योजना तथा आयोजनाको लागि मात्र हुनेछ ।

त्यस्तै योग्यता पुगेका इच्छुक व्यक्तिहरुले सूचना जारी भएको १५ दिनभित्र आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ ।

सूचना हेर्नुहोस्

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?