इतिहासकै सर्वोकृष्ट खेलाडी भन्दै सीपीले राख्यो रोनाल्डोको सम्मानमा एकेडेमीको नाम

काठमाडौं । पोर्चुगलको स्पोर्टिङ सीपी क्लबले आफ्नो फुटबल एकेडेमीको नाम एकेडेमीया क्रिस्टियानो रोनाल्डो नामकरण गरेको छ । क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको शुरुवात गरका थिए ।

पूर्व फरवार्ड क्रिस्टियानो रोनाल्डोको सम्मानमा सीपीले एकेडेमीको नाम एकेडेमीया क्रिस्टियानो रोनाल्डो नामकरण गरेको हो । सीपीले सोमबार रोनाल्डो क्लब इतिहासकै सर्वोकृष्ट खेलाडी भएको कारण उनको नाममा एकेडेमीको नामकरण गरिएको जनाएको छ ।

पोर्चुगलका कप्तान समेत रहेका रोनाल्डोले सीपीबाटै आफ्नो व्यावसायिक करियरको सुरुवात गरेका थिए । २००२ मा सीपीको सिनियर टिममा डेब्यु गरेका थिए । त्यसअघि उनले सीपीको बी टिमबाट खेलेका थिए ।

सीपीका लागि उनले ३१ खेलमा ५ गोल गरेका थिए । तर, सीपीको सिनियर टिममा डेब्यु गरेको अर्को वर्ष रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आएका थिए ।

प्रिमियर लिग क्लबमा ६ वर्ष बसेर रोनाल्डो सन् २००९ मा स्पेनिस क्लब रियल मड्रिड आएका थिए ।

 

रोनाल्डो रियलमा ९ वर्ष बिताएर २०१८ मा युभेन्ट्स आएका हुन् ।

रोनाल्डोले क्लब फुटबलमा सबै उपाधि जितेका छन् ।

  • एजेन्सी

यो पनि पढ्नुहोस्  : स्पोर्टिङ क्लबले गर्यो यस्तो निर्णय, रोनाल्डोको नाममा रंगशालाको नामाकरण

यो पनि पढ्नुहोस् : ९० मिनेटसम्मै हरेक मिनेटमा गोल गर्ने रोनाल्डो र इब्राहिमोबिच, मेस्सी कुर्दैछन्, १ र २ मिनेट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?