त्रिशुली अस्पतालमा जागिर खुल्यो

काठमाडौं । नुवाकोटको त्रिशुली अस्पतालले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ ।

सो अस्पतालमा कोभिड–१९ आइसोलेशन वार्ड र एचडीयू तथा आईसीयू सञ्चालन तथा व्यवस्थापनका लागि करार सेवामा कर्मचारी माग गरिएको हो ।

सूचनाअनुसार एमडी एनेस्थेसियोलोजिस्ट १, मेडिकल अफिसर १, स्टाफ नर्स १० र पारामेडिक ३ जना माग गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?