काठमाडौं । शुक्रवार साँझ भक्तपुरको निकोसेरामा विभत्स रुपमा भेटिएको शवहरुबारे थप तथ्य बाहिरिएको छ ।
एकै परिवारका तीज सदस्यसहित त्यहि घरमा पालेको कुकुर समेत मृत भेटिएको उक्त घटना छानबिनको लागि प्रहरीले एक ‘क्ल्यू’ भेटाएको छ । उक्त घटना हत्या हो वा मृत्यु भन्ने आशंकाकाबीच मृतक सुदीप अधिकारीको शव नजिकै विष मिसिएको पिठो भेटिएको प्रहरीले जनाएको छ ।
शुक्रवार साँझ मृतकका भाई दाजुको घरमा पुग्दा त्यहाँ तीन जनाको शव देखेपछि प्रहरीमा खबर गरेका थिए । खबर पाउनासाथ त्यहाँ पुगेको प्रहरीले विभिन्न कोणबाट अध्ययन अनुसन्धान गरिरहेको छ ।
मृतक सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको मृत्यु फरक फरक समयमा भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
आमा र छोराको शव गन्हाउन थालिसकेका र उनीहरुको शरिरमा धारिलो हतियार प्रहार गरिएको चोट समेत देखिएको छ । शव गन्हाउन थालेको तथा सड्न लागेकाले घटना केही दिन पहिले नै भएको हुन प्रहरीले आशंका गरेको छ । भने बुबा सुदिपको शवमा कुनै किसिमको खतहरु देखिदैन र उनको नजिक विष मिसिएको पिठो र केही किराहरु समेत मरेको देखिएको छ । विषको बट्टा खेतमा भेटिएको कारण उनले विष सेवन गरेर बट्टा घरको झ्यालबाट खेतमा फालेको हुनसक्ने आशंका गरिएकोे छ ।
विभत्स घटना भएका कारण विभिन्न कोणबाट प्राविधिक र अरु कोणहरुबाट अध्ययन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भने केही नजिकै उनको घरमा पालेको सेतो रङको कुकुर समेत मृत अवस्थामा भेटिएको छ । घरको अन्य वस्तुस्थिती राम्रो भएकाले पनि बाहिरी मान्छेको प्रवेश नभएको प्रहरीको ठम्याई छ ।
भक्तपुर विभत्स घटना प्रकरण : श्रीमती,छोरा र कुकुरको हत्यापछि आत्महत्याको आशंका

हिजो शुक्रवार साँझ भक्तपुर, मध्यपुर थिमि नगरपालिका – ९ निकोसेराबाट एउटा सनसनीपूर्ण खबर बाहिरीयो ।
घटना थियो एकै परिवारका तीन सदस्यहित आफ्नै घरमा पालेको एक कुकुरको शव भेटियो ।
घटनास्थल हेरेपछि छिमेकी, जनप्रतिनिधि लगायतले घटना हत्या नै हो कि भन्ने अनुमान गरेका छन् । शवहरु गन्हाएर वरपर जानै नसकिने स्थिती भएको उनीहरुको भनाई छ ।
यसैबीच हिजो शुक्रवार राति पुगेको फरेन्सिक विज्ञसहितको टोलीले मृत अवस्थामा भेटिएकी सम्झना अधिकारी र छोरा सुशान्त अधिकारीको शवमा गहिरो चोटपटक लागेको जनाएको छ ।
फरेन्सिक विज्ञको भनाई उद्धृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा आमा छोरा दुबैको टाउकोमा गहिरो चोट लागेको र उनीहरुको शव भएको स्थलमा रगतको आहाल देखिएको थियो ।
मृत अवस्थामा भेटिएका सुदीप अधिकारीले आफ्नो श्रीमती र छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । तर विभिन्न कोणहरुबाट र घटनाको प्राविधिक पाटोबारे पनि अध्ययन भइरहेका कारण घटनाबारे अहिले नै यसै हो भन्न अझै नसकिने महानगरीय अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दिपक थापाले लोकपथलाई जानकारी दिए ।
उनीहरुले आफ्नै घरमा किराना पसल समेत चलाएका थिए । छिमेकीका अनुसार सो पसल ३ दिनदेखि बन्द अवस्थामा थियो । आफूहरुले लकडाउनका कारण पसल बन्द भएको हुनसक्ने अनुमान गरेको उनीहरुले बताएका छन् ।

पोष्टमार्टमका लागि उनीहरुको शव राति नै केएमसी अस्पताल लगिएको थियो ।
दुई जनाको सुतेकै अवस्थामा धारिलो हतियार प्रयोग गरी हत्या गरेको जस्तो क्राईम सिनबाट प्रष्ट हुन्छ, मृतकका आफन्त भन्छन्, सोच्नै नसकिने घटना भयो ।
खाटमा लमतन्न अवस्थाका दुई शवमध्ये सम्झनाको शवमाथि बुट्टे सल र छोरा सुशान्तको शवमाथि रामराम लेखिएको रामनामी ओढाईएको थियो । र सुदिपले विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट देखिएको छ । पोष्टमार्टमको लागि शव लगिएकोमा १० बजे थप फरेन्सिक रिपोर्ट आउने प्रहरीले जनाएको छ । पोष्टमार्टमपछि शवको भिसेरा टेष्ट गरिनेछ ।
शुक्रवार साँझ सवा ५ बजेतिर मासु र तरकारी लिएर दाजुको घरमा पुगेका सुदीप अधिकारीका भाई सुनीलले विभत्स दृश्य देखेपछि प्रहरीलाई गुहारेका थिए । तत्काल प्रहरी घटनास्थल पुगेको थियो । त्यसपछि छिमेकी र जनप्रतिनिधी पनि घटनास्थल पुगे ।
भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेर रेकी गर्ने, सस्पेक्ट गर्ने, सोधपुछ र अरु प्राविधीक पाटोहरु केलाउन थाल्यो । प्रहरीले घटनाको मिहिन अध्ययनको लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई बोलाएको थियो ।
सुदिप अधिकारीसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना अधिकारी र १५ वर्षीय छोरा सुशान्त अधिकारीको शव फरेन्सिक विज्ञ टोली पुगेर अस्पताल लगे ।

विज्ञले शवको प्रकृति सुन्निएको फुलेर शवबाट पानी बगिरहेको निलो डाम देखिएको, वरपर जानै नसक्ने गरी गन्हाएर सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।
घटनामा धारिलो हतियार प्रयोग गरेर आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको छ । कुकुरलाई पनि विष खुवाएर मारेको जस्तो देखिन्छ ।
घटनास्थल पुगेका जनप्रतिनीधिले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको बताएका छन् । घरमा गन्हाएको अवस्थामा भेटिएको कुकुरको पनि विष खुवाएर मारेको आशंका गरिएको छ । कुकुर भए वरपर कुनैपनि रगत वा कुटपिटपछि मारिएको जस्तो दृश्य देखिएको छैन । त्यहाँ बान्ताको जस्तो संकेत देखिएको छ । पोष्टमार्टम रिपोर्ट केहिबेरपछि आउनेछ ।

अन्तिम तलामा ढोका छेउमा घोप्टो परेको उक्त शवमा भने कुनै बाहिरी चोटपटक छैन । सो शव नजिकै अलिकति बान्ता पनि देखिन्छ । सो संकेत हेर्दा हत्यापछि आत्महत्या नै भएको भन्ने नजिक पुग्न सकिन्छ । प्राप्त जानकारी अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा पनि भेटिएका छन् । ती खानेकुरामा विषको जस्तो गन्ध आएको र विभत्स घटनाको अनुसन्धानका लागि ति खानेकुरा पनि प्रयोगशाला पठाएको छ ।
छिमेकीको बयान यस्तो छ
एक वर्ष पहिले सुदिप अधिकारीले औषधि पसलमा काम गर्थे । पछिल्लो समय उनले जागिर छोडेका थिए । सोही घटनास्थल भएको घरमा उनले सटर राखेर किराना पसल राखेका थिए । एक छिकेमीले ति परिवारबिच बारम्बार झगडा भइरहने गरेको बताएका छन् ।

पछिल्लो समय उनीहरुकोबीचमा सामान्य कुटपिट र चर्काचर्की दिनहुँजस्तै हुने गरेको बताएका छन् ।
आफन्तका अनुसार कोरोना भाईरस संक्रमण भएपश्चात् भएको लकडाउनमा उनीहरुको सधैँझै झगडा भईरहेको आफन्तहरु बताउँछन् । मृतक तीन जनाबीच झगडा परिरहने कारणले पनि विभत्स घटना हत्या नै हो की भनेर धेरैले अनुमान गरेका छन् ।
घटनाको अनुसन्धान गर्न महानगरीय अपराध अनुसन्धान महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली समेत परिचालन गरिएको छ।
यो पनि पढ्नुहोस्
तस्वीरमा हेर्नुहोस्- भक्तपुरको विभत्स ‘क्राइम सिन’
भक्तपुर विभत्स घटना ‘हत्या’ नै हो त रु ‘फरेन्सिक विज्ञ’ पुगे घटनास्थल (तस्वीरसहित)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया