ललितपुरमा कति थपिए कोरोना संक्रमित ?

ललिपुर । बितेको २४ घण्टामा ललितपुरमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणका क्रममा १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा १ जना, स्टार अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै काठमाडौंमा ३६ जना र भक्तपुरमा ४ जनामा कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?