काठमाडौंमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि, सावधान ! बढ्दैछ जोखिम

काठमाडौं – बितेको २४ घण्टामा थपिएका २४६ जना संक्रमितमध्ये काठमाडौंका २२ जनामा कोरोना भाईरस ‘कोभिड – १९’ संक्रमण पुष्टि भएको छ । बितेको २४ घण्टामा गरिएको ८ हजार ८ सय ६१ वटा नमूनामा काठमाडौंका २२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु अस्पतालमा गरिएको परिक्षणमा ११ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ८ जना, विर अस्पताल काठमाडौंमा गरिएको परिक्षणमा १ जना, प्रहरी अस्पतालमा गरिएको परिक्षणमा २ जना गरी बितेको २४ घण्टामा काठमाडौंमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै बितेको २४ घण्टामा ललितपुरका ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लकडाउन खुलेसँगै अर्थात् (साउन ७ गतेबाट १७ गतेसम्म) नेपालमा ०.८ प्रतिशतले कोरोना संक्रमण बढेको स्वास्थ्य मन्त्रालयले यसअघि जनाएको छ ।

हिजो काठमाडौंमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो समय सरकारले करिब ३ हजारको हाराहारीमा मात्रै स्वास्थ्य परिक्षणको दायरा सिमीत पार्दा २ महिनायताकै कम संक्रमित पनि देखाईएको थियो । तर लकडाउन खुल्ला गरेसँगै संक्रमित र मृतकको संख्या बढीरहेको छ ।

नेपालमा आज (आईतवार) थपिएका २४६ जना संक्रमितको संख्या सँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ३३२ पुगेको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ५७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १४ हजार ६०३ पुगेको छ ।

नेपालमा हिजो (शनिवार) ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यी हुन् ५०० भन्दा बढी संक्रमित भएका २ जिल्ला

  • रौतहट
  • कैलाली 

यो पनि पढ्नुहोस् : 

कहिले घट्छ ओली प्रचण्डबीचको दूरी  ? कोरोना संक्रमितको बढ्दो ग्राफले खोजिरहेछ ‘सहमती’ 

के फेरी लकडाउन हुँदैछ ? कोरोना संक्रमित ह्वात्तै बढेपछि सरकारलाई विज्ञले दिए यस्तो सुझाव

कोरोना : नेपाल किन त्यो अस्त्र प्रयोग गर्न सक्दैन ? जुन इटाली र भुटानको लागि वरदान बन्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?