धमाधम जागिर गइरहेको बेला सरकारी जागिर खुल्यो

काठमाडौं । सरकारले राष्ट्रिय परिचयपत्र वितरणको लागि कर्मचारी माग गरेको छ ।

नागरिकहरुलाई राष्ट्रिय परिचयपत्र उपलब्ध गराउनको लागि घुम्ति सेवा सञ्चालन गर्न सप्तरी, सर्लाही र कास्कीका लागि कर्मचारी माग गरेको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आज एक सूचना जारी गर्दै सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन आह्वान समेत गरेको छ ।

आगामी भाद्र १० गतेको लागि लिखित परीक्षा तोकिएको छ । भने १८ वर्ष पुरा भइ ३५ वर्ष ननाघेकाहरुले मात्र दरखास्त दिन सक्नेछन् । विभागका अनुसार प्रवीणता पत्र तह वा प्लस टु पास गरेको हुनुपर्ने वा ३ महिना कम्युटर पढेको हुनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?