काठमाडौं । नेपालमा आज (आईतवार) थप १३० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ६१३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १३ हजार १२८ पुगेको छ । हालसम्म कुल संक्रमितमध्ये ७० दशमलव ५ प्रतिशत कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।
त्यस्तै हाल ५ सय ३१ जना ‘रेड जोन’ अर्थात् कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । प्रवक्ता गौतमका अनुसार ५ हजार ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् भने १७ हजार ९ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् ।
नेपालमा हालसम्म कोरोना भाइरस संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पछिल्लो २४ घण्टामा मात्र थप ८ जना कोरोना संक्रमित थपिएका छन् । उनीहरु सबै काठमाडौंका रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा हिजो (शनिवार) १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कुन जिल्लामा कति थपिए संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार झापाका १ जना, मोरङका २६ जना , ईलामका ८ जना, सिरहाका १ जना , सुनसरीका २ जना, उदयपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै तेर्हथुमका १ जना, धनुषाका १ जना, महोत्तरीका २ जना, पर्साका १ जना, काठमाडौंका ८ जना, दाङका १ जना, नुवाकोटका १ जना, सोलुखुम्बुका २ जना, पर्साका ३ जना नवलपरासी पूर्वका २ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै रौतहटमा १ जना र मकवानपुरका १ जना, बाराका १ जना, कास्कीका ३ जना, गोरखाका २ जना, रुपन्देहीका १ जना, अर्घाखाँची १ जना, बाँकेका २ जना, बर्दीया ६ जना, जुम्लाका १ जना, रोल्पाका ३ जना, दैलेखका २५ जना, सुर्खेतका ३ जना, अछामका १४ जना, बाजुराका ३ जना र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
महाबौद्धमा देखियो कोरोना, ३ वटा पसल सील
काठमाडौंको महाबौद्धमा पसल सञ्चालन गर्दै आएका ५ जनामा कोरोना पुष्टि भएपछि ३ वटा पसल सील गरिएको छ । १९ दिन अघि भारतको सीतामणीबाट काठमाडौं आएकी एक महिला परिवारसँग बसेको अवस्थामा लक्षणसहितको कोरोना पुष्टि भएको थियो । संक्रमित महिलाबाट परिवारका दिदि र भाइलाई पनि कोरोना पोजेटिभ देखिएको थियो ।
सधैँ बाक्लो भीडभाड हुने असन इन्द्रचोक लगायतका क्षेत्रमा कोरोना संक्रमण छिटो फैलिने डर हुन्छ । एकबाट दोस्रोमा सजिलै सर्ने यो भाइरसको प्रकृति र सावधानी नअपनाइ बजार निस्कने नेपाली प्रवृतिका कारण पनि यसलाई नियन्त्रणमा ल्याउन कठिन छ । यसैबीच महाबौद्ध गणेश मन्दिर नजिक पसल सञ्चालन गर्दै आएका २ जना व्यापारीमा कोरोना संक्रमण पुष्टि भएसँगै त्यहाँ सूचना नै टाँस गरि गणेश मन्दिर नजिक रहेको पसलमा कारोबार गरेको भए र व्यापारीद्व धिरज शाह र रञ्जु शाहसँग संसर्गमा रहेको भए यथासिध्र स्वास्थ्य परीक्षण गर्न सूचना टाँस गरिएको छ ।
कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?
नेपालमा हाल ५ हजार ४ सय ४० जना कोरोनाका संक्रमित रहेका छन् । उनीहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल नेपालमा रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं १ मा १ सय ८६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश नं १ मा १ सय ८६ जना
प्रदेश नं २ मा १ हजार ८ सय ७३ जना
बाग्मती प्रदेशमा ४ सय ४४ जना
गण्डकी प्रदेशमा २ सय ९४ जना
प्रदेश नं ५ मा ३ सय ५८ जना
कर्णाली प्रदेशमा ३ सय ६७ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना
कुन प्रदेशमा कति भए कोरोना मुक्त ?
प्रदेश १ मा ७७५ जना
प्रदेश २ मा २९४४जना
वाग्मती प्रदेश ४६८
गण्डकी प्रदेशमा ११५१ जना
प्रदेश ५ मा ३९०३ जना
कर्णाली प्रदेशमा १५८५ जना
सुदूरपश्चिम प्रदेशमा १२३२ जना
यी ६ जिल्लामा छैनन् एक जना पनि कोरोना संक्रमित
- भोजपुर
- मुस्ताङ
- मनाङ
- पाँचथर
- रसुवा
- संखुवासभा
यी ३ जिल्लामा छन् ५०० भन्दा बढी उपचाररत कोरोना संक्रमित
- रौतहट
- बाजुरा
- कैलाली
घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति ?
नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा १७ हजार ९ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् ।
सबैभन्दा बढि सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ९ सय ४८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
प्रदेश नं १ मा २ हजार ९३ जना
प्रदेश नं २ मा २ हजार ७ सय ४७ जना
बाग्मती प्रदेशमा १ हजार २ सय ९४ जना
गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना
प्रदेश नं ५ मा २ हजार ५ सय ३९ जना
कर्णाली प्रदेशमा ९ सय ४८ जना
सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया