घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल नेपालमा १७ हजार ९ सय ३ जना क्वारेन्टाइनमा रहेका छन् ।

सबैभन्दा बढि सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा ९ सय ४८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?

प्रदेश नं १ मा २ हजार ९३ जना

प्रदेश नं २ मा २ हजार ७ सय ४७ जना

बाग्मती प्रदेशमा १ हजार २ सय ९४ जना

गण्डकी प्रदेशमा ३ हजार ४ सय ४९ जना

प्रदेश नं ५ मा २ हजार ५ सय ३९ जना

कर्णाली प्रदेशमा ९ सय ४८ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार ८ सय ३३ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?