काठमाडौं । नेपालमा हाल ५ हजार ४ सय ४० जना कोरोनाका संक्रमित रहेका छन् । उनीहरु देशका विभिन्न अस्पतालमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । त्यस्तै हालसम्म १३ हजार १ सय २८ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने हालसम्म १८ हजार ६ सय १३ जनामा कोरोना पुष्टि भएको छ । कोरोना संक्रमित हुने मध्ये ७० दशमलव ५ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको प्रवक्ता गौतमले बताए ।
बितेको २४ घण्टामा मात्र १ सय ३० जनामा कोरोना पुष्टि भएको छ ।
हाल नेपालमा रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना रहेका छन् । भने सबैभन्दा कम प्रदेश नं १ मा १ सय ८६ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?
प्रदेश नं १ मा १ सय ८६ जना
प्रदेश नं २ मा १ हजार ८ सय ७३ जना
बाग्मती प्रदेशमा ४ सय ४४ जना
गण्डकी प्रदेशमा २ सय ९४ जना
प्रदेश नं ५ मा ३ सय ५८ जना
कर्णाली प्रदेशमा ३ सय ६७ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८ जना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया