नेकपा स्थायी कमिटी बैठक फेरी स्थगित, असार १० यता ७ पटक सारीयो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दिउँसो १ बजेसम्मका स्थगित भएको छ।

आज ११ बजेका लागि बोलाइएको बैठक दिउँसो १ बजेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए । गत असार १० गतेबाट सुरु भएको नेकपाको स्थायी कमिटी बैठक ७ पटक स्थगित भइसकेको छ ।

यो बीचमा पार्टीका दुई अध्यक्ष छलफलका लागि जुटेका छन् । तर निष्कर्ष निस्कन सकेको छैन ।

वैशाखदेखि सतहमा आएको नेकपा आन्तरिक किचलोका कारण विभिन्न ७ वटा एजेण्डामा छलफल गर्ने भनिएको स्थायी कमिटी बैठक असार १८ गते यता बस्न सकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?