काठमाडौं । अन्तर्राष्ट्रिय ‘राइड सेयरिङ’ कम्पनी ‘पठाओ’का सह-संस्थापक फहिम सलेह मृत फेला परेका छन् । पठाओ’का सह-संस्थापक फहिम सलेह सोमवार न्यू योर्कमा रहेको आफ्नै अपार्टमेन्टमा मृत भेटिएका हुन्

अमेरिकी सञ्चार माध्यमका अनुसार उनको शरीरका अंगहरु काटेर टुक्रा टुक्रा पारिएको अवस्थामा भेटिएका छन् । उनको शरीरको नजिकै एउटा विद्युतिय काट्ने औजार समेत भेटिएको थियो ।
घटना बारे अहिलेनै केहि बताउन नसक्ने प्रहरीले जनाएको छ । सलेहको कम्पनी गोकाडाले उनको मृत्युको पुष्टि गर्दै ट्विट गरेको छ ।
‘हाम्रा संस्थापक तथा सीईओ फहिम सलेहको असामयिक मृत्युले हामी मर्माहित भएका छौँ,’ कम्पनीले बुधवार ट्विट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया