कोरोना अपडेटः कुन जिल्लामा कति थपिए संक्रमित ? (पछिल्लो २४ घण्टाको विवरण)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार बितेको २४ घण्टामा देशका विभिन्न २५ प्रयोगशालामार्फत ५ हजार ८ सय ५६ जनाको कोरोना परीक्षण भएका छन् ।

हालसम्म १० हजार २ सय ९४ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । भने बितेको २४ घण्टामा मात्र थप १ हजार ७ सय ५ जना कोरोना उपचारपछि घर फर्किएको प्रवक्ता गौतमले नियमित मिडिया ब्रिफिङ मार्फत जानकारी दिए । जुन संख्या अहिलेसम्मकै उच्च हो । जस अनुसार नेपालमा अब ६ हजार ६ सय १३ जना कोरोना संक्रमित रहेका छन् । नेपालमा हिजो (आईतवार) ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

हालसम्म ३८ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २ सातादेखि दैनिक काठमाडौं उपत्यकाका ३ जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेको छ ।

बितेको २४ घण्टामा मात्र उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसअनुसार काठमाडौंमा ३ जना, भक्तपुरका एक र ललितपुरका ५ जना कोरोना संक्रमित थपिएका हुन् । पछिल्लो अपडेट अनुसार ५ सय २५ जना रेड जोनमा रहेका छन् ।

कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका ४ जना ,मोरङका १ जना र सुनसरीको १ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका ११ जना र महोत्तरीका ४ जना

नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा धनुषाका १६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जना र कपिलवस्तुका ८ जना

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना

पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा ललितपुरका ५ जना,काभे्रपलान्चोकका १ जना,कैलालीका १ जना,म्याग्दीका १ जना र दोलखाका १ जना

किटजन्य रोग अस्पताल प्रयोगशाला मकवानपुर हेटौडामा गरिएको परीक्षणमा मकवानपुरका १ जना र रौतहटका ९ जना

धुलिखेल अस्पताल धुलिखेलमा गरिएको परीक्षणमा सिन्धुलीका १ जना

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १ जना र बाग्लुङका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १ जना,पर्वतका १ जना,स्याङ्जाका १ जना र तँनहुका २ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका गरिएको परिक्षणमा कपिलवस्तुका १ जना

भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका २ जना र दाङका २ जना

रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुममा गरिएको परीक्षणमा रुकुम पश्चिमका २ जना

सुर्खेत प्रादेशीक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका १ जना,दैलेखका २ जना,जाजरकोटका १ जना र सुर्खेतका ४१ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा बझाङका २ जना र बैतडीका २ जना

सेती प्रादेशीक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा अछामका १ जना र कैललीका १० जना

हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण मुक्त, कुन प्रदेशमा कति छन् उपचाररत ?

प्रदेश नं १ मा १ सय ८३ जना

प्रदेश नं २ १ हजार ८ सय ७२ जना

बाग्मती प्रदेशमा ४ सय ५८ जना

गण्डकी प्रदेशमा ४ सय ९८ जना

प्रदेश नं ५ मा ७ सय २९ जना

कर्णाली प्रदेशमा ३ सय ६१ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना

घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति ?

नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनानुदिन घटिरहेको छ ।  हाल नेपालमा २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमले बताए ।

त्यसमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । जहाँ ५ हजार ५ सय १७ जना क्वारेनटाइनमा रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्, जहाँ १ हजार ७ सय ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तो छ क्वारेन्टाइनमा रहेकाको प्रादेशीक विवरण:

प्रदेश नं १ मा २ हजार ५ सय ३७ जना

प्रदेश नं २ मा ३ हजार २५ जना

बाग्मती प्रदेशमा १ हजार ९ सय ४१ जना

गण्डकी प्रदेशमा ३ हजार ७ सय ६९ जना

प्रदेश नं ५ मा ४ हजार ९ सय २९ जना

कर्णाली प्रदेशमा १ हजार ७ सय ५८ जना

सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय १७ जना

पछिल्लो २४ घण्टामा थपिएको संक्रमित कुन प्रदेशका कति ? (सूचीसहित)

प्रदेश नं १ मा ६ जना

प्रदेश नं २ मा ४१ जना

बाग्मती प्रदेशमा १३ जना

गण्डकी प्रदेशमा ८ जना

प्रदेश नं ५ मा १४ जना

कर्णाली प्रदेशमा ४६ जना

सुदूरपश्चिम प्रदेशमा १६ जना

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?