पछिल्लो समय घट्दै क्वारेन्टाइनमा बस्नेको संख्या, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा पछिल्लो समय क्वारेन्टाइनमा बस्नेहरुको संख्या दिनानुदिन घटिरहेको छ ।  हाल नेपालमा २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेकोको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

त्यसमध्ये सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी मानिसहरु क्वारेन्टाइनमा रहेका छन् । जहाँ ५ हजार ५ सय १७ जना क्वारेनटाइनमा रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्, जहाँ १ हजार ७ सय ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।

नेपालमा बितेको २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए । बितेको २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । यो कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत हो । भने हाल ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए ।

यस्तो छ क्वारेन्टाइनमा रहेकाको प्रादेशीक विवरण:

प्रदेश नं १ मा २ हजार ५ सय ३७

प्रदेश नं २ मा ३ हजार २५

बाग्मती प्रदेशमा १ हजार ९ सय ४१

गण्डकी प्रदेशमा ३ हजार ७ सय ६९

प्रदेश नं ५ मा ४ हजार ९ सय २९

कर्णाली प्रदेशमा १ हजार ७ सय ५८

सुदूरपश्चिम प्रदेशमा ५ हजार ५ सय १७

पछिल्लो २४ घण्टामा थपिएको संक्रमित कुन प्रदेशका कति ? (सूचीसहित)

नेपालमा बितेको २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

कुन प्रदेशमा कति थपिए संक्रमित ?

प्रदेश नं १ मा ६ जना

प्रदेश नं २ मा ४१ जना

बाग्मती प्रदेशमा १३ जना

गण्डकी प्रदेशमा ८ जना

प्रदेश नं ५ मा १४ जना

कर्णाली प्रदेशमा ४६ जना

सुदूरपश्चिम प्रदेशमा १६ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?