पछिल्लो २४ घण्टामा थपिएको संक्रमित कुन प्रदेशका कति ? (सूचीसहित)

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

बितेको २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । यो सँगै कोरोना मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ । यो कुल संक्रमितको ६० दशमलव ७ प्रतिशत हो । भने हाल ६ हजार ६ सय १३ जना आइसोलेसनमा रहेको प्रवक्ता गौतमले बताए ।

त्यस्तै क्वारेन्टाइनमा बस्नेको संख्या दिन प्रतिदिन घटिरहेको छ । मन्त्रायले दिएको जानकारी अनुसार हाल नेपालमा २३ हजार ४ सय ७० जना क्वारेन्टाइनमा रहेका छन् ।

कुन प्रदेशमा कति थपिए संक्रमित ?

प्रदेश नं १ मा ६ जना

प्रदेश नं २ मा ४१ जना

बाग्मती प्रदेशमा १३ जना

गण्डकी प्रदेशमा ८ जना

प्रदेश नं ५ मा १४ जना

कर्णाली प्रदेशमा ४६ जना

सुदूरपश्चिम प्रदेशमा १६ जना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?