हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमण मुक्त, कुन प्रदेशमा कति छन् उपचाररत ?

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा १ हजार ७ सय ५ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । जुन संख्या अहिलेसम्मकै उच्च हो । यो सँगै हालसम्म नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

हालसम्म १६ हजार ९ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । बितेको २४ घण्टामा थप १ सय ४४ कोरोना संक्रमित थपिएका छन् । त्यस्तै हाल नेपालमा ६ हजार ६ सय १३ जना देशका विभिन्न अस्पतालमा उपचाररत रहेको प्रवक्ता गौतमले बताए ।

कुन प्रदेशमा कति छन् उपचाररत ?

प्रदेश नं १ मा १ सय ८३ जना

प्रदेश नं २ १ हजार ८ सय ७२ जना

बाग्मती प्रदेशमा ४ सय ५८ जना

गण्डकी प्रदेशमा ४ सय ९८ जना

प्रदेश नं ५ मा ७ सय २९ जना

कर्णाली प्रदेशमा ३ सय ६१ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ५ सय १२ जना

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?