चीनमा ‘ब्यूबोनिक प्लेग’ को खतरा, प्रशासनद्वारा ‘हाई अलर्ट’ जारी

काठमाडौं । उत्तरी चीनको एक शहरमा ब्यूबोनिक प्लेगका एक रोगी भेटिएपछि हाई अलर्ट जारी गरिएको छ । यो जानकारी त्यहाँको सरकारी सञ्चारमाध्यमले दिएको हो ।

सरकारी पिपुल्स डेली अनलाइनका अनुसार आन्तरिक मंगोलियाई स्वायत्त क्षेत्र बयन्नुरले प्लेग रोकथाम र नियन्त्रणको लागि तेश्रो स्तरको चेतावनी दिएको हो ।

ब्यूबोनिक प्लेगका एक बिरामी बयन्नुरको एक अस्पतालमा शनिवार भेटिएको बताइएको छ । यो चेतावनी स्थानीय स्वास्थ्य प्राधिकारले सन् २०२० को अन्तिम सम्मका लागि जारी गरेको छ ।

स्थानीय स्वास्थ्य प्राधिकारले यस समय यो शहरमा मानव प्लेग महामारी फैलिनेको खतरा रहेको बताएको छ ।

आत्मरक्षाका लागि जागरुकता र क्षमता बढाउनको लागि सबैको स्वास्थ्य स्थितिको बारेमा पनि तत्काल जानकारी लिइने प्रशासनले बताएको छ ।

सरकारी मिडिया शिन्हुआले १ जुलाईमा पश्चिम मंगोलियाको खोड प्रान्तमा ब्यूबोनिक प्लेगका बिरामी भेटिएको र उनमा प्रयोगशालाको परीक्षणमा प्लेगको पुष्टि भएको बताएको थियो ।

एजेन्सीको सहयोगमा

यस अगाडि प्रकाशित यो समाचार पनि पढ्नुहोस्

चीनले अमेरिकालाई दियो मिसाईल हमला गर्ने धम्की !

चीनको मिसाइल हमला गर्ने धम्कीलाई अमेरिकी नौसेनाले मजाकमा उडाउँदै भने यस्तो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?