चीनको मिसाइल हमला गर्ने धम्कीलाई अमेरिकी नौसेनाले मजाकमा उडाउँदै भने यस्तो !

काठमाडौं । दक्षिण चीन सागरमा अमेरिकाले गरिरहेको सैन्य युद्धाभ्यासलाई लिएर चीनको सरकारी मिडिया ग्लोवल टाइम्सद्वारा लेखिएको समाचार अमेरिकालाई चीनले मिसाइल हमला गर्ने चेतावनी दिएको भनिएको थियो ।

दक्षिण चीन सागरमा अमेरिका र चीनले आ आफ्नै तरिकाले युद्धाभ्यास गरिरहेका छन् ।

ग्लोवल टाइम्सले मिसाइल डोंगफेंग-२१ र डोंगफेंग-२५ ले अमेरिकाका एयरक्राफ्टलाई क्षणभरमै नष्ट गर्न सक्ने बताएको थियो ।

दक्षिण चीन सागरमा अमेरिकाको यस्तो गतिविधिका कारण चीनले दिएको मिसाइल हमला गर्ने धम्कीलाई अमेरिकाले सामान्य ठान्दै मजाकमा उडाएको छ ।

अमेरिकी नौसेनाले यो विषयलाई गम्भीरताका साथ नलिई मजाकको रुपमा हेरेको छ ।

सरकारी मिडिया ग्लोवल टाइम्सको ट्वीटको माध्यमबाट चीनले अमेरिकालाई यो धम्की दिएको थियो ।

त्यसपछि अमेरिकी नौसेनाले चेतावनी पछि पनि हामी त्यहि क्षेत्रमा रहेका छौँ भन्दै चीनको चेतावनीलाई मज्जाकमा उडाएको छ । साथै अमेरिकी नौसेनाले मिसाइलका तस्वीर समेत शेयर गरेको छ ।

ग्लोबल टाइम्सले दिएको थियो यो धम्की

चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले अमेरिकालाई किलर मिसाइल डोंगफेंग-२१ र डोंगफेंग-२५ ले अमेरिकी एयरक्राफ्ट क्यारियरलाई नष्ट गर्न सक्ने चेतावनी दिएको थियो । ग्लोबल टाइम्सले दक्षिण चीन सागरमा तैनाथ अमेरिकी एयरक्राफ्ट चिनियाँ सेनाको नियन्त्रणमा रहेको समेत बताएको थियो ।

यो भन्दा अगाडि यूएस नेवीका लेफ्टिनेन्ट कमाण्डर सीन ब्रोफीले युएस नेवीका एयरक्राफ्ट युएसएस निमिट्ज, युएसएस रोनाल्ड रेगन र चार युद्धपोतहरू दिन रात दक्षिण चीन सागरमा युद्धाभ्यास गरिरहेको बताएका थिए ।

उनले अमेरिकी नौसेनाले युद्धाभ्यास शुरु गरेको र चीनको दुस्शाहसमाथि कडा जवाफ दिने बताएका छन् ।

के हो युद्धाभ्यासको उद्देश्य ?

अमेरिकी एयरक्राफ्टहरू अमेरिकाको नौसेनाको शक्तिको प्रतीक मानिन्छ। अमेरिकाले यस युद्धाभ्यासको उद्देश्य हरेक क्षेत्रका प्रत्येक देशलाई उडान गर्न, समुद्री क्षेत्र पार गर्न र अन्तर्राष्ट्रिय कानूनहरू अनुसार काम गर्न सहयोग पुर्‍याउनु रहेको बताएको छ।

अमेरिकाले दक्षिण चीन सागरमा युद्धाभ्यासहरू गरेको स्थान नजिकै चिनियाँ नौसेना पनि यस क्षेत्रमा युद्धाभ्यास गरिरहेका छन् ।

एजेन्सीको सहयोगमा

यस अगाडि प्रकाशित यो समाचार पनि पढ्नुहोस्

चीनले अमेरिकालाई दियो मिसाईल हमला गर्ने धम्की !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?