५ सय भन्दा बढी कोरोना संक्रमित भएका यी ८ जिल्ला

काठमाडौं । नेपालमा आज (शुक्रवार) एकैपटक ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

त्यस्तै, नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ । मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार नेपालका ८ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेका छन् ।

५ सय भन्दा बढी कोरोना संक्रमित भएका ८ जिल्ला

  • महोत्तरी
  • रौतहट
  • सर्लाही
  • कपिलवस्तु
  • पाल्पा
  • दैलेख
  • कैलाली

यो पनि पढ्नुहोस् : नेपालमा थप ८२३ जना कोरोना संक्रमण मुक्त, ३२ पुगे मृतक
                          कोरोनाको कारण ८५ वर्षीय वृद्धको मृत्यु स् स्वास्थ्य मन्त्रालय
                         बितेको २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १५ हजार नाघ्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?