नेपालमा थप ८२३ जना कोरोना संक्रमण मुक्त, ३२ पुगे मृतक

काठमाडौं । नेपालमा थप ८२३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ हजार १ सय ४३ रहेको छ ।

कोरोना संक्रमण मुक्त हुनेमा प्रदेश १ बाट ४०० जना, प्रदेश २ मा १ हजार ८ सय ६७ जना, वाग्मती प्रदेशबाट १ सय ८५, गण्डकी प्रदेश २ सय १४, प्रदेश ५ बाट १ हजार ७ सय २५ जना, कर्णाली प्रदेशबाट १ हजार ७२ जना सुदूरपश्चिम प्रदेशबाट ६ सय ८० जना डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा ७४० जनामा कोरोना पुष्टि, नेपालमा संक्रमितको संख्या १५ हजार नाघ्यो

नेपालमा आज (शुक्रवार) एकैपटक ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १५ हजार २५० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको कारण ३२ जनाको मृत्यु भएको छ । नेपालमा हिजो (बिहीवार) एकैपटक ४७३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोनाको कारण ८५ वर्षीय वृद्धको मृत्यु : स्वास्थ्य मन्त्रालय

नेपालमा थप १ जनाको कोरोनाको कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

मृत्यु हुनेमा काठमाडौं नयाँ बानेश्वर बस्ने ८५ वर्षीय पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

प्रवक्ता गौतमका अनुसार उनमा उच्च रक्तचाप र पार्किन्सनको समस्या रहेको थियो । ती वृद्ध छाती दुखेको र पिसाब कम भएको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनको गत असार १७ गते काठमाडौंको एक निजी अस्पतालको आइसोलेसनमा राखी उपचार भइरहेका बेला उनको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?