रुकुम घटनाबारे बोलिन् रञ्जु दर्शना – ‘यो देश सबैको हो’

काठमाडौं – रुकुम चौरजहारी घटनाले सिंगो देश तातेको छ ।

यसविरुद्ध सबैले एकमत राख्दै कुनै जाति विशेषले आफ्नो जातको आडमा अर्को जातिमाथि अन्याय अत्याचार गर्नु हुँदैन भनेर बलियो मत प्रस्तुत गर्दै कलाकार, पत्रकार, सामाजिक अभियन्ता सम्मले घटनाको विरोध गर्दै पिडितले न्याय पाउनैपर्ने माग गरिरहेका छन् ।

यसैबीच रुकुमको यो घटनाबारे रञ्जु दर्शना बोलेकी छिन् । विवेकशिल नेपालीकी केन्द्रिय सदस्य दर्शनाले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘रुकुम घटनाको विरोध गर्छु।’
उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्  :

जिउँदो मान्छे बोल्छन्, विभेद विरुद्ध आवाज उठाउँछन्! नबोल्ने त केवल लास हुन्छन्।
– साथी महावीर विश्वकर्मा

म रुकुम घटनाको विरोध गर्छु। जातियताको आडमा हत्या गर्नु अपराध हो। यो समयमा सामाजिक दुरी कायम गरि, आफु सुरक्षित रहि दलित, पिछडिएका वर्गको असुरक्षा बारे आवाज बुलन्द पारौं। यो देश सबैको हो। कोहि खास सिमित जात-वर्गको मात्र देश होइन।

रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाबारे उच्चस्तरीय छानविन समितिले अध्ययन थालिसकेको छ ।गृह मन्त्रालयद्वारा गठिन समितिले शुक्रबारदेखि जाजरकोट पुगेर छानविन थालेको हो ।

भएको के थियो ?
गत शनिबार १० गते रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षका नवराज विक र उनका साथीको हत्याको विषयमा यतिबेला देशभर बहस भएको छ ।

१९ जनाको समूह लिएर चौरजहारी पुगेका नवराज विक केटी लाने पक्ष समुह र केटी पक्षबीच झडप हुँदा विकसहित उनका साथीहरुलाई लखेटेर हत्या गरेको भनिएको छ ।

स्थानीयले ढुंगामुडा प्रयोग गरेर भगाउने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो । उक्त घटनामा जाजरकोट भेरी नगरपालिका–४ का २१ वर्षीय नवराज विक, सन्जु विक, गणेश बुढा, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार र चौरजहारीका टीकाराम सुनारको शव भेरी नदीमा फेला परिसकेको छ । भेरी नगरपालिका वडा नम्वर ११ का गोविन्द शाही अझै बेपत्ता छन् ।

यो पनि पढ्नुहोस्  :
रुकुम हत्या प्रकरणमा नायिका रिमा विश्वकर्मा बोलिन् “कुटपिट गरेर मार्नु जातिय घटना होइन”
रुकुम पश्चिम घटना दोषिलाई कारवाही गर्न माग गर्दै माइतीघरमा प्रदर्शन
रुकुम घटना बेपत्ताहरु खोज्न गोताखोर बिहानैदेखि परिचालन
रुकुम घटना ‘निष्पक्ष छानबिन होस्’
चौरजहारी घटना अपडेट: वेपत्ता एक जनाको शव भेटियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?