काठमाडौं । पश्चिम रुकुममा भएको घटनामा हराइरहेका दुइ जना खोज्न बिहीवार बिहानैबाट गोताखोर परिचालन भएका छन् ।
गत १० जेठ गते पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा अन्तरजातीय प्रेमका कारण भएको घटनामा हराइरहेका दुई जनाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोली बिहानैदेखि परिचालित भएका हुन् ।
सशस्त्रप्रहरी सहायक निरीक्षक रमेश थापाको नेतृत्वमा गोताखोर टोलीले बेपत्ताको खोजी गरिरहेको छ ।
उक्त घटनामा भेरी नगरपालिका वडा नम्बर ११ का गोविन्द शाही र वडा नम्बर ४ का सन्दीप विक अझै बेपत्ता छन् । त्यस्तै भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शव यस अघि नै फेला परिसकेको छ ।
बुधवार भेरी नगरपालिका ११ का लोकेन्द्र सुनारको शव घटनास्थल देखि १० किलोमिटर तल कुदु नजिक नदीको खोजमा हात बाँधिएको अवस्थामा फेला परेको थियो ।
बेपत्ताहरु भेरी नदीमै डुबेको आशंकामा सशस्त्र प्रहरी गण शमशेरगञ्जबाट तालिम प्राप्त गोताखोरको टोली परिचालन गरिएको हो।
हराएकाको खोजी कार्यमा स्थानीय बासिन्दा, नेपाली सेना ,सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवान दैनिकजसो संलग्न रहेपनि भेटाउन नसकेपछि गोताखोर बोलाइएको थापाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया