बलिउडलाई अर्को शोक: संगीतकार वाजिद खानको निधन

काठमाडौं – बलिउडलाई फेरी अर्को शोक परेको छ ।

बलिउडका चर्चित संगीतकार वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ। घाँटीमा संक्रमण भएका उनमा कोरोना पुष्टि भएको भारतिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनको दुई वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । वाजिदको मिर्गौलामा पनि संक्रमण देखिएको खबरहरुमा जनाइएको छ ।

Wajid Khan of Music Composer Duo Sajid-Wajid Dies at 42 Due to ...
परिवारका सदस्यले सञ्चारमाध्यममा भनेका छन्, ‘वाजिदको घाटीमा इन्फेक्सन भएको थियो। उनी मुम्बईको चेंबुरस्थित सुराना अस्पतालमा उपचाररत थिए। आइतवार साँझ निधन भएका उनको गीत ‘भाई भाई’ एक हप्ता पहिले मात्रै रिलिज भएको थियो। उनले गर्भ, तेरे नाम, पार्टनर, दंबग सिरिजजस्ता दर्जनौं फिल्ममा संगीत दिएका थिए । उनका ‘हुड हुड दबंग…’, ‘जल्वा…’, ‘फेभिकोल से..’ जस्ता गीत चर्चित छन् ।

Wajid Khan Dies at 42: Priyanka Chopra Recalls The Hearty Laugh of ...
वाजिदको निधनमा प्रियंका चोपडा, गायक सोनू निगम लगायत कलाकारले शोक व्यक्त गरेका छन्।

हार्दिक श्रद्धान्जली वाजिद खान !! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?