भट्ट बने प्रदेश ७ को मुख्यमन्त्री

धनगढी, ३ फागुन – प्रदेशसभाको निर्वाचन भएको झण्डै ७२ दिनपछि प्रदेश नंं ७ ले आज मुख्यमन्त्री पाएको छ प्रदेश प्रमुख मोहनराज मल्लले नेकपा (माओवादी केन्द्र)का प्रदेश संसदीय दलका नेता त्रिलोचन भट्टलाई नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । भट्टको शपथ भने यही फागुन ५गते गर्ने तयारी गरिएको छ मुख्यमन्त्रीमा नियुक्त भएपछि पत्रकारसँग कुरा गर्दै उहाँले पहिलो पटक देश संघीयतामा गएकाले यसको जग बसाल्ने काम पहिलो प्राथमिकतामा पर्ने बताउनुभयो “प्रशासनिक व्यवस्थाका साथै प्राकृतिक स्रोतको समुचित ढंगबाट परिचालन र उपयोग गर्न सकेमा विकास गर्न सकिन्छ”, भट्टले भन्नुभयो, “यस क्षेत्रको कृषि, पर्यटन, जलस्रोत, जडिबुटीको सही तरिकाले उपयोग गर्न सकिएमा सफलता मिल्नेछ ।”प्रदेशको मुख्यमन्त्री माओवादी केन्द्रले पाउने र सभामुख नेकपा(एमाले)ले पाउने दुई दलको सहमतिबमोजिम प्रदेश सभामुखमा बझाङबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित एमालेका अर्जुनबहादुर थापा निर्वाचित भइसक्नुभएको छ चौकीदारदेखि मुख्यमन्त्रीसम्मनवनियुक्त मुख्यमन्त्री भट्ट डोटीको साविक भूमिराजमाडौंँ गाविसको फलेडी गाउँमा जन्मिनुभएको हो । प्रदेशसभा निर्वाचनमा डोटी जिल्ला प्रदेशसभा खबाट प्रत्यक्ष निर्वाचित उहाँ १४ वर्षका उमेरमा कक्षा ८ मा पढ्दापढ्दै घर परिवारमा आर्थिक समस्या देखिएपछि कामको खेजीमा भारत पस्नुभएको थियो । भारतमा रहँदा चौकीदारका रुपमा काम गर्नुभएका भट्ट त्यहाँ अखिल भारतीय नेपाली एकता समाजसँग आबद्ध हुनुभएको थियो । उहाँ माओवादीको डोटी जिल्ला सचिव, सहइञ्चार्ज र इञ्चार्ज हुँदै अहिले प्रदेशको मुख्यमन्त्रीसम्ममा आसीन हुन सफल हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?