काठमाडौं । नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला भैसेपाटी घर भएका ५९ वर्षीय पुरुष रहेका छन् । उनी कलेजोका बिरामी भइ किष्ट अस्पतालमा उपचार गराइरहेका थिए ।
उनको बुधवार(आज) बेलुकी ७ बजे मृत्यु भएको स्रोतले बताएको छ । उनको स्वाब कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट कोरोना पोजेटिभ आएको छ । मृतकको शव किष्ट अस्पतालमा नै रहेको अस्पताल स्रोतले जनाएको छ ।
यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ । यससँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, गुल्मीका ४१ वर्षीय पुरुष र बारा कलैयाका ७० वर्षीय वृद्ध रहेका छन् ।
नेपालमा आज बुधवार एकैदिन थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८८६ पुगेको छ ।
१८७ जना उपचारपछि निको भएर घर फर्केका छन् । संक्रमितमध्ये ७९६ जना पुरुष छन् भने ९० जना महिला रहेका छन् ।
नेपालमा हालसम्म २ महिले शिशुदेखी ८४ वर्षिया सम्मलाई कोरोना देखिएको छ । हालसम्मको विवरण हेर्दा तुलनात्मक रुपमा पुरुष संक्रमित बढी छन् ।
हालसम्म नेपालका सातै प्रदेश र ४७ जिल्लामा संक्रमिण पुष्टि भइसकेको छ । आज थप एउटा जिल्ला रुकुमपूर्वमा संक्रमण पुष्टि भएको हो । नेपालमा हालसम्म पिसीआर जाँचबाट ५८ हजार २ सय ७७ जनाको जाँच गरिएको छ भने आरडीटि विधीबाट १ लाख २ हजार ८७ जनाको जाँच गरिएको छ ।
हाल देशभरका क्वारेन्टाईनमा ७० हजार ३ सय ५ जना छन् । त्यस्तै देशभरका आईसोलेसनमा कुल ६९९ जना उपचाररत छन् ।
पहिलो मृतक सिन्धुपाल्चोककी सुत्केरी महिला
गत जेष्ठ ३ गते शनिबार सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको मृत्यु भएको थियो । उनी गत बैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएकी थिइन् । बैशाख २४ गते सुत्केरी भएपश्चात २५ गते डिस्चार्ज भएर घर फर्किएकी थिइन् ।
उनले गत २४ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि सिन्धुपाल्चोकको घरमा बस्दै आएकी उनमा अचानक ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । त्यसपछि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो । कोरोनाको आशंकाकमा उनको स्वाब परिक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।
कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको दाहसंस्कार जेष्ठ ३ गते साँझ पशुपति आर्यघाटमा गरिएको थियो । उनको पशुपतिको विद्युतीय शवदाहगृहमा शनिबार राति दाहसंस्कार गरिएको थियो ।
कोरोनाका कारण उनको मृत्यु पछि उनका श्रीमान र परिवारका अन्य सदस्यको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसको मतलब उनीहरुमा कोरोना देखिएन । मृतक महिलाका श्रीमान, छोरा, आमा र बहिनीको नमुना संकलन गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ । धेरैले नवजात शिशुको स्वास्थ्यमा चिन्ता गरेका थिए । उनको पनि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको छ । सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने, त्यहाँ लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने तयारी छ ।
यो पनि पढ्नुहोस्: कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु
दोस्रो मृतक बाँकेका
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टि भएको थियो । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जेष्ठ ३ गते बिहान ६ बजे एक्कासी स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै उनको मृत्यु भएको थियो ।
यो पनि पढ्नुहोस् : क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
तेस्रो मृतक गुल्मीका शिक्षक
प्रदेश नम्बर ५ मा दोश्रो पटक कोरोना संक्रमितको मृत्यु भएको छ । गुल्मीका संक्रमित ४१ वर्षीय पुरुषको रुपन्देहीको क्रिमसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताए ।
गम्भीर अवस्थामा भेज्टिलेटरमा उपचार भइरहेका उनको बिहीबार बिहान मृत्यु भएको हो । साथै उनको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ ।
तेस्रो मृतक गुल्मी मदाने–६ पुर्कोटदहको निमावि स्कुलको प्रधानाध्यापक हुन् ।
गुल्मी मदाने गाउँपालिकाका वडा नं९६ निवासी ती पुरुषमा शुरुमा ज्वरो आउने तथा टाउको दुख्ने समस्याका कारण रुपन्देहीको क्रिमसन अस्पताल भर्ना भएका थिए ।
उपचारको क्रममा उनमा कोरोना सँग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षणको लागि प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो । र परीक्षणका क्रममा कोरोना पाजेटिभ देखिएको थियो ।
उक्त गाउँपालिकामा विदेशबाट आएका अन्य मानिसहरुको समेत परीक्षण गर्दा सबैको रिपोर्ट नेगेभिट आएको थियो । तर गाउँबाट कतैपनि टाढा नगएका उनलाई कसरी कोरोना संक्रमण भयो भन्ने विषयमा अनुसन्धान भइरहेको गाउँपालिकाले जनाएको छ । साथै, मदाने गाउँपालिका सील गरिएको थियो ।
यो पनि पढ्नुहोस् :क्वारेन्टाइनमा मृत्यु भएका युवकमा कोरोना पुष्टि
चौथो मृतक: ७० वर्षीय पुरुष
नेपालमा कोरोनाको कारण चौथो मृत्यु हुने बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ७ निवासी ७० वर्षीय वृद्ध रहेका छन् ।
उनको उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएको थियो ।
वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए ।
तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।
परीक्षण रिपोर्ट शंकास्पद आएपनि उनको मृत्यु पश्चात अस्पतालले उनको शव उनका परिवार तथा आफन्तलाई बुझाइसकेको थियो । र उनको गत जेठ ५ गते दाहसंस्कार गरिसकिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया