सशस्त्र प्रहरीलाई स्वास्थ्य सामाग्री

काठमाडौं – कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण गरिरहेका सहयोगी संस्थाहरुले सशस्त्र प्रहरी बलका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मी सहित फ्रन्टलाइनमा क्रियाशील विभिन्न संस्थाका लागि सेवारत प्रारम्भ सामाजिक संस्था र आनी छोइङ डोल्मा फाउण्डेशनले सशस्त्र प्रहरीलाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको हो।

दुवै संस्थाले सशस्त्र मुख्यालयमा आयोजित एक कार्यक्रममा महानिरीक्षक शैलेन्द्र खनाललाइ पीपीइ किट्स ७० सेट, फर्स्ट एड किट्स २ सय १६ थान र एन ९५ मास्क २ सय ४० थान हस्तान्तरण गरेका थिए ।

उक्त सामग्री वरिष्ठ कलाकार हरिवंश आचार्य, गायिका आनी छोइङ डोल्मा, सिंगापुर रेडक्रसका लागी नेपाल प्रतिनिधि कल्पना क्षेत्री र प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले हस्तान्तरण गरेका हुन्।

विपद्, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सेना तथा प्रहरीलाइ सम्मान र हौसलाका लागि मायाको चिनो स्वरुप स्वास्थ्य सामग्री उपलब्ध गराइएको प्रारम्भका प्रोजेक्ट डाइरेक्टर बद्रिराज तिमल्सिनाले बताए। यसअघि पनि संस्थाले विभिन्न स्थानीय तह, सञ्चारगृह, संस्थालाई अत्यावश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिसकेको छ ।

लोकपथ डटकममा यसअघि प्रकाशित सम्बन्धित समाचार पनि पढ्नुहोस् : 

प्रारम्भ र आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा ललितपुर महानगरपालिकालाई सहयोग

सेनालाइ पीपीइ र फर्स्ट एड किट्स वितरण

आहतमा राहत : उदयपुरको त्रियुगा नगरपालिकालाई ४० थान पीपीई हस्तान्तरण 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?