मनिषा कोइरालाको ‘सर्पोट’ मा नायिका ऋचा शर्माले लेखिन् – ‘भारतीय मिडिया खोक्रो राष्ट्रवाद बेच्छन्’

काठमाडौं – बलिउड अभिनेत्री मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको ट्वीटमा रिप्लाई दिएपछि भारतीय मिडियाहरु एकाएक मनिषा कोईराला र नेपालसँग खनिएका छन् । यता नेपालमा भने, प्रतिपक्षी दलदेखी, कलाकार, पत्रकार, अधिकारकर्मी एक कित्तामा छन् । यसैबीच नायिका ऋचा शर्माले आफूले भारतीय मिडियाबाट दुई पैसे नौटंकीभन्दा बढी आशा नै नगरेको उल्लेख गरेकी छिन् । ऋचा शर्माले सामाजिक सञ्जालमा लेखेकी छिन् ‘चाहे १९४२ लभ स्टोरी होस् या दिल से वा खामोशी । मनिषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयौ कलाकारहरु समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनिषा आज पनि बलिउडमा दरिलो उपस्थिती जनाएर बसेकी छिन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् । म चाहे बीसौ बर्ष कुनै संस्थामा काम गरुँ, त्यसका हाकिम मेरा लागि सधै हाकिम नै हुन्, माता वा पिता होइनन् ।

ऋचाले समाजलाई भड्काउने बिषय वेच्नमा भारतीय मिडिया धेरै अगाडि रहेको पनि उल्लेख गरेकी छिन् ।

”चाहे ‘१९४२ अ लभ स्टोरी’ होस् या ‘दिल से’ वा ‘खामोशी’–– मनीषा कोइरालाले आफ्नो पौरख र प्रतिभाले नाम कमाएकी हुन् । नामसँगै लाखौं प्रशंसक कमाएकी हुन् । भारतकै भूमिमा जन्मिएका कैयन् कलाकारहरू समयसँगै बलिउडको चौघेराबाट हराउँदै गए । तर, मनीषा आजपर्यन्त बलिउडमा दह्रिलो उपस्थिति जनाएर बसेकी छन् । कसैको कृपा र परोपकारले उनी बलिउडमा छाएकी होइनन् ।
प्रियंका चोपडाले अचेल हलिउडमा राम्रो स्थान बनाइरहेकी छन् । तर, यसो भन्दैमा उनले आफ्नो मातृभूमि भारतलाई बिर्सिएकी छैनन् । समय-समयमा मातृभूमिलाई धन्यवाद दिइरहने प्रियंकालाई भारतले आफ्नो गहना भनेर स्वीकार्छ । सानिया मिर्जाले खुलेर आफ्नो मुलुकको प्रशंसा गरिरहन्छिन् । पाकिस्तानी मिडियाले उनलाई कहिल्यै ‘विदेशी दलाल’ भनेर दुत्कार्दैन ।
म चाहे बीसौं वर्ष कुनै संस्थामा काम गरूँ– त्यसका हाकिम मेरा लागि सधैं हाकिम हुन्, माता वा पिता होइनन् ।
तर, म भारतीय मिडियालाई दोष दिन्नँ । मैले कहिल्यै उनीहरूबाट यस्तो दुईपैसे नौटंकीभन्दा बढी आशा गरेकै छैन । उनीहरू समाचार होइन, खोक्रो राष्ट्रवाद बेच्छन् । तटस्थ विचार होइन, समाजलाई भड्काउने नारा बेच्छन् ।”

मनिषा कोईरालाको पक्षमा उभिए कमल थापा, भारतीय टिप्पणीको विरोध गर्दै यस्तो लेखे

मनिषा कोइरालाको समर्थन गर्दै बोले कलाकार, पत्रकार र नेताहरु, कसले के भने ?  

मनिषाले राष्ट्रप्रेम पोख्दा भारतीय मिडियामा रुवाबासी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?