मनिषा कोइरालाको समर्थन गर्दै बोले कलाकार, पत्रकार र नेताहरु, कसले के भने ?

काठमाडौं- लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालले आफ्नो देशको ‘राजनैतिक तथा प्रशासनिक’ नक्सा सार्वजनिक गरेको छ ।

यस विषय परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले गरेको ट्विटमा कमेन्ट लेख्दै बलिउड अभिनेत्री मनिषा कोईरालाले दिएको अभिव्यक्तिले भारतिय मिडियामा खैलाबैला मच्चिएको छ । उनीहरुले निकै ‘तुच्छ’ शब्द समेत प्रयोग गरेका छन् ।

नेपालले आफ्नो देशको नक्सा जारी गरेलगत्तै त्यहाँका मिडिया अनेकन ‘उत्तेजनात्मक हेडलाईन्स’ राखेर अफवाहमा उत्रिरहेका छन् ।

यसैबीच मनिषा कोईरालाप्रति भारतिय मिडियाले बोलेका शब्द, बनाएका सामाग्री आदी विभिन्न ‘कन्टेन्ट’ नेपालमा पनि सेयर भइरहेको छ ।

मनिषा कोइरालाले नेपालको अडानलाई समर्थन गरेसँगै भारतीय मिडियाले उनको खेदो खनिरहेको सन्दर्भमा नेपालका राजनीतिज्ञ, नेता, कलाकार, पत्रकार, सामाजिक अभियन्ता एकजुट भएर आफ्ना धारणा राखिरहेका छन् ।


मनिषा विरुद्ध भारतीय मिडियामा आएका अभिव्यक्तिप्रति नेत्रविक्रम चन्द विप्लव समुहले समेत आक्रोश व्यक्त गर्दै आपत्ति जनाएको छ।

भारतीय मिडियाले कोइरालाले भारतीय नुन खाएर चीनको गीत गाएको जस्तो तुच्छ भाषा प्रयोग गर्दै विभिन्न आरोप लगाउन थालेसँगै विप्लव नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासंघले मनिषा कोईराला कसैको दयाले नभई आफ्नो श्रम र सीपले अगाडि बढेको बताएको छ।

भारतीय मिडियाहरूबाट नेपाल र नेपाली राष्ट्रियताका विरुद्ध गरिएका तमाम अनर्गल प्रचारको प्रतिवाद गर्दै महासंघले भनेको छ, ”श्रम बेच्न हुन्छ तर स्वाभिमान बेच्नुहुँदैन भन्ने मनिषाको अभिव्यक्तिले देशभक्तिको पवित्र आस्थालाई झनै स्पष्ट गरेको छ। हामी नेपालकी नायिका मनिषा कोइरालामा जीवन्त रहेको देशभक्तिपूर्ण आस्था र निष्ठाको उच्च सम्मान गर्न चाहन्छौँ ।”मञ्चले भारतले नेपाल र नेपाली जनताको भावनामाथि चोट पुर्‍याउने लगायतको सम्पूर्ण हर्कत बन्द नगरे हामी नेपालमा हिन्दी गीतहरू बजाउन रोक लगाउन र सम्पूर्ण भारतीय च्यानलमाथि प्रतिबन्ध लगाउन बाध्य हुनेछौँ। भनेर विज्ञप्तीमा लेखेको छ । सरकार स्पष्ट धारणासहित बोलेपछि विप्लव समूहले समेत राष्ट्रियताको विषयमा एक छु भनेर प्रष्ट पारेको छ ।

नेपालको बाटो प्रयोग गरेर एकलौटी रुपमा भारतले लिपुलेक हुँदै मानसरोवर जाने बाटो खोलेर भिडियो कन्फ्रेन्समार्फत् उद्घाटन गरेपछि विवादीत बनाइएको नेपालको भूमिबारे नेपाल बोलेको हो ।

उता, नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सीमा समस्याका विषयमा भारतीय मिडियामा राखेको धारणाको नेपालमा सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ ।

भारतीय एक टेलिभिजन कार्यक्रममा बोल्दै कांग्रेस नेता रिजालले लिम्पियाधुरा, लिपुलेक र कालापनी नेपाली भूमि हो । त्यो इतिहासको तथ्यले पुष्टि गरेको छ । त्यहाँ एकपक्षिय रुपमा भारतले नक्सा सार्वजनिक गरेपछि वार्ताका लागि समय दिँदा पनि वार्तामा नआएपछि हामीले नक्सा सार्वजनिक गरेका हौं । सीमामा समस्या छ र त्यो समस्या द्विपक्षीय कूटनीतिक वार्तामार्फत समाधान गर्नुपर्छ । भनेर स्पष्ट मत राखेपछि उनको ‘वाहवाही’ भएको हो ।

यस्तै पत्रकार रवी लामिछानेले यस सन्दर्भमा ‘आफ्नो माटोको बारेमा बोल्ने कलाकारलाई यत्रो गाली दिएको’ भन्दै कठै !  भारतिय मिडिया भनेका छन् ।

उनले लोकप्रिय कार्यक्रम सिधा कुरा जनतासँगमा यसबारेमा थप जानकारी ल्याउने बताएका छन् ।

यस्तै कलाकार दिपकराज गिरीले विसौँ वर्ष कसैको काम गर्यो भन्दै त्यो उसको ‘बोस’ हुनसक्ने तर ‘बुबा’ हुन नसक्ने भन्दै टिकटकमा भिडियो बनाएका छन् ।

यस्तै कलाकार ईन्दिरा जोशी पनि यस विषयमा ईङ्गित गर्दै स्टाटस पोष्ट गरेकी छिन् ।

संविधानविद् भिमार्जन आचार्यले सामाजिक सञ्जालमा लेख्दै आफ्ना कतिपय कुरालाई गफमै उडाउने बानी भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको विषयमा देखाएको आँटप्रति प्रशंसा गरेका छन् ।

उनले भने, “आफ्ना कतिपय प्रतिज्ञालाई गफमै उडाउने बानीले गर्दा यसपटक पनि गफै हुन्छ कि भन्ने थियो, तर वहाँले आँट गर्नु भयो । यसका लागि प्रधानमन्त्री ओली र वहाँको सबै टिम धन्यवादको पात्र छ।”

साथै भारतलाई सधै मालिक ठान्ने राजनीतिक मानसिकता हाबी रहेको समयमा भारतसँग मुख खोलेर प्रतिवाद गर्ने आँट देखाएको प्रति प्रशंसा समेत गरेका छन् । प्रधानमन्त्रीको यो कदमप्रति सबैले सहयोग गर्ने र सहयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

“भारतलाई मालिक ठान्ने दुर्बल राजनीतिक मानसिकता हाबी रहेको समयमा उसँग मुख लागेर कुरा गर्नु र जवाफ दिन सक्नु पनि ठूलो कुरा हो। यो कार्यमा मुलुक चाहने सबैको साथ र सहयोग छ र रहिरहने छ ।” उनले भने । त्यस्तै संविधानविद् डा. भिमार्जन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उनको टिमलाई धन्यवाद दिएका छन् । लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमी समेटिएको नक्सा जारी गरेकोमा धन्यवाद व्यक्त गरेका हुन् ।

यस्तै साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पनि उनको समर्थनमा यस्तो लेखेका छन् ।

कलाकार दिपाश्री निरौला यसो भन्छिन् :

यसअघि बलिउड अभिनेत्री मनिषा कोइरालाले गरेको एक ट्वीटप्रति भारतीय मिडियाहरु खनिएपछि विवादमा तानिएकी कोईरालाको समर्थन गर्दै राप्रपा अध्यक्ष एवम् पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय मिडिया र जनताले गरेको टिप्पणीको विरोध गरेका छन्।

नक्सा जारी भएपछि कलाकार जितु नेपाल लेख्छन् : 

सांसद नविना लामा लेख्छिन् : 

कलाकार सिताराम कट्टेल धुर्मुस लेख्छन् : 

”हरेक सुख-दुःखमा साथसाथै रहनु नै नेपालीको बिशेषता हो । भुकम्पको पीडा होस् या संबिधान जारी गर्दाको खुसी, नाकाबन्दीको दुःख होस् या लिम्पियाधुरासहितको नक्सा जारी गर्दाको गौरव, यसले हाम्रो एकता कायम गरेकै छौं ।
सबैलाई आफ्नो देश प्यारो हुन्छ । सबैलाई आफ्नो छिमेक आवश्यक हुन्छ । तर छिमेकी-छिमेकीको सम्बन्ध आकारले होईन भावनाले समान हुनुपर्छ । हामी भारतसँग यही चाहन्छौं ।
नेपाल सरकारलाई हार्दिक धन्यवाद जसले हाम्रो देशको सर्वाङ्ग तस्वीर सार्बजनिक गरेको छ । अब यसैगरी कुटनैतिक ढङ्गले भु-भाग फर्काउन पहल गरौं । जसमा हामी राजनैतिक रङमा बाँडिएर हैन नेपालीको सुत्रमा बाँधिने छौं ।
हामीलाई कसैको भुभाग जित्नु छैन, संसारको मन जित्नु छ र नेपाल आमाको रक्षा गर्नुछ ।
प्रसंग मनिषा कोईराला दिदीको, मनिषा कोईराला हिन्दी चलचित्रकी नायिका मात्र नभएर बि.पी. कोईरालाकी नातिनी पनि हुनुहुन्छ । जसका हजुरबाले आफ्नो सिंगो जीवन नेपालको हितका लागि दिनुभयो । उहाँको कर्मभुमी भारत होला तर उहाँको मातृभुमी नेपाल हो । उहाँको स्वतन्त्र र सन्तुलित अभिव्यक्तिलाई तोडमोड गरेर केही भारतीय सञ्चार माध्यमले गरेको दुस्प्रचार अर्थहिन छ । त्यसको घोर भत्सना गर्दै दिदी प्रति उच्च सम्मान, साथ र समर्थन छ ।
अन्त्यमा, हल्ला र कोलाहलबाट हैन समस्या बार्ताबाट नै समाधान हुन्छ । हाम्रा सम्माननीय प्रधानमन्त्रीले भनेझैं सिंहको हैन् सत्यको जीत चाहान्छौं ।”

जारी भयो नेपालको नयाँ नक्सा : अतिक्रमित भूभाग समेटिएपछि सामाजिक सञ्जालमा खुसी साटासाट

(यहाँ राखिएका सामाग्री निजहरुको सामाजिक सञ्जालबाट लिइएको हो ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?