कसरी बढाउने ‘ईम्युनिटी पावर’, खानैपर्छ यी कुरा !

काठमाडौं – हरेक खाले रोगबाट बच्न शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्छ । तर कसरी बढाउने यस्तो क्षमता, के खानेकुराले दिन्छ यस्तो शक्ति ? धेरैको प्रश्नको समाधान गर्न हामीले डायटिसियनको सहारा लिएका छौँ ।

१. सन्तुलित र पोषणयुक्त आहार

२. नियमित शारीरिक अभ्यास
३. पर्याप्त विश्राम र निद्रा
४.धूमपान र मद्यपान नगर्ने
५. रचनात्मक बन्ने
६. उच्च मनोबल
७. रोग र खोप

गाजर

चोकरसहित अन्न

पानी

तुलसी

योग

भिटामिन सी : 

रसिलो फल

सलाद

अंकुरित अनज

अदुवा 

लसुन  : लसुन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । मोटोपना, मधुमेह, ग्याँस्ट्रिक र अन्य धेरै विमारबाट टाढा राख्न यसले मद्दत गर्छ । राती सुत्न अघि भुटेको लसुन सेवन गर्दा धेरै विमारबाट छुटकारा पाउन सकिन्छ ।

भुटेको लसुन सेवन गर्नाले मुटु स्वस्थ रहन्छ । यसमा पाइने तत्वले शरीरमा असल कोलेस्ट्रोलको स्तरलाई बढाएर नराम्रो कोलेस्ट्रोललाई नाश गर्छ । लसुनले शरीरमा प्रतिरक्षा क्षमता विकास गर्छ र क्यान्सरजस्तो रोगसँग लड्ने मद्दत गर्छ ।

रायोको साग : यसमा भिटामिन ‘ए’ प्रशस्त मात्रामा पाइन्छ जसले रतन्धो, पुरानो बाथ, कफ आदिबाट बचाउन सक्छ ।यसमा पाइन्ने भिटामिन ए, सी र केयुक्त तत्वले हाम्रो शरीरमा एन्टिअक्सिडेन्टको काम गर्छन् ।

गाजर : रक्तअल्पताको समस्या भोगिरहेकाहरुका लागि गाजरको नियमित सेवन रामवाण बन्दछ । गाजरले शरीरमा रगतको उत्पादन बढाउँछ । यसमा भिटामिन ए, बी, सी, डी, इ तथा के समेत पाइन्छ । काँचो गाजर खानाले रजश्वलाका क्रममा हुने दुखाई पनि कम हुन्छ । त्यस्तै भिटामिन ए भरपूर हुनाले गर्दा आँखाको ज्योति तेज पार्नमा पनि सहयोग गर्दछ र रतन्धोबाट बचाउन मद्दत गर्छ ।

सकारात्मक सोच : 

१ – यस्तो भनिँदै आएको छ मौसमको तापक्रम बढी भएको अवस्थामा कोरोना भाइरस नष्ट भएर जान्छ । जबकि यस्तो भएको कुनै प्रमाण फेला परेको छैन । गर्मी बढेसँगै केही समयका लागि भाइरस निष्क्रिय हुनसक्छ । तर नष्ट भने हुँदैन ।

२ – केही मानिसले यो पनि भन्दै आएका छन् कि तातो पानीले नुहाएमा कोरोना भाइरस शरीरबाट हटेर जान्छ । तर साचो कुरा के हो भने तातोपानीले नुहाउँदैमा तपाईँ कोरोना भाइरसको संक्रमणबाट बच्न सक्नुहुन्न । आफुलाई सुरक्षित राख्ने हो भने एकमात्र विकल्प नियमित रुपमा हात धुनु हो ।

३ – कतिपय मानिसले चीनद्वारा उत्पादन भएको सामग्रीमा कोरोना भाइरस हुनसक्ने बताइरहेका छन् । यो हल्लामा विश्वास गर्न सकिँदैन । किनकि सामान एक स्थानबाट अर्को स्थानसम्म पुर्याउँदा जति समय लाग्छ त्यति दिनसम्म भाइरस जीवत रहन मुस्किल हुन्छ । यो अवस्थामा मौसम तापक्रम र अवस्थामा पनि परिवर्तन भइसकेको हुन्छ ।

४ – कतिपयले शरीरमा ‘अल्कोहल’ छरेर भाइरसबाट बच्न सकिने तर्क समेत गर्दै आएको पाइन्छ । सोच्नुस् यदि यो भाइरस तपाईँको शरीरमा प्रवेश गरिसकेको छ भने अल्कोहल शरीरमा छर्केर कसरी भाइरस मर्न सक्छ ?

५ – यस्तो पनि हल्ला फैलाइएको छ कि जनावरबाट पनि कोरोना भाइरस फैलिन सक्छ । अहिलेसम्म यो कुराको पुष्टि भने भएको छैन । त्यसैले आफ्नो सरसफाईमा विशेष ध्यान दिनुस् ।

६ – अर्को दाबी के छ भने निमोनिया र ‘हायमोफिलस इनफ्लूएन्जा’ जस्ता रोगको लागि बनेको ‘भ्याक्सिन’ ले कोरोना भाइरसको उपचार हुन सक्छ । जबकि यो भाइरस एकदम नयाँ हो । त्यसैले यसको उपचारमा पनि नयाँ ‘भ्याक्सिन’कै आवश्यकता पर्दछ ।

७ – प्रतिरोधात्मक क्षमता बढाउने औषधिको प्रयोगले कोरोना भाइरसको उपचार हुनसक्ने तर्क पनि गर्ने गरेका छन् । ‘एलोपेथिक’ या ‘होमियोपेथिक’जस्ता औषधिले प्रतिरोधात्मक क्षमता बढाउन सक्छन् । तर मनमा यो भ्रम नपाल्नुस् कि यस्तो औषधिको सेवनले कोरोना भाइरसबाट बाच्न सकिन्छ ।

८ – कोरोना भाइरस फैलिएसँगै एम ९५ सर्जिकल मास्कको कारोबार तीव्ररुपमा बढेको छ । जबकि स्वास्थ्य विशेषज्ञले नै यो दाबी गरिसकेका छन् कि स्वास्थ्यकर्मीले मात्रै यो मास्कको प्रयोग गर्न जरुरी छ । यसबाहेक संक्रमित व्यक्तिले पनि मास्क प्रयोग गर्न सक्छन् । मास्क पूर्णरुपमा बचाउ होइन । त्यसैले सामान्य व्यक्तिले सरसफाईमा ध्यान दिनु उचित हुन्छ । यदि तपाईँलाई मास्क प्रयोग गर्नु नै छ भने सस्तो मूल्यमा पाइने ‘सर्जिकल मास्क’ प्रयोग गर्न सक्नुहुन्छ ।

९ – आफ्नो मनमा यो भम्र नपाल्नुस् कि कोराना भाइरस रोगीलाई ‘एपन्टवाइटिक’बाट निको पार्न सकिन्छ । यदि अस्पतालमा तपाइँलाई ‘एन्टिवाइटिक’ दिइँदै छ भने त्यो केवल किटाणुको ‘इन्फेक्शन’को कारणले दिइएको हो ।

१० – कतिपयले कोरोना भाइरसकै त्रासका कारण कुखुराको मासु र अण्डा समेत खान बन्द गरेका छन् । यस्तो होइन । यो भाइरस मानिसको खोकी र ह्याछुँबाट बाहिर आउँछ । त्यसैले राम्रोसँग पकाएर वा उमालेर मासु र अण्डा खान सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?