काठमाडौं । बाँकेमा थप ४७ जनामा कोरोना पुष्टि भएको छ ।यो सँगै नेपालमा जम्मा संक्रमितको संख्या ३५१ पुगेको छ ।
भेरी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा ४६ पुरुष र एक महिलामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा.विकास दवकोटाले जानकारी दिए ।
यसअघि आजै (सोमवार) बिहान मात्रै नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
आज थपिएका कोरोना संक्रमितहरु रौतहट इशनाथ नगरपालिका निवासी २, ३, ६ र ९ का २१, २१, २३, २५, २५, २९ र ३० वर्षीय पुरुष तथा रौतहट माधवनारायण नगरपालिका निवासी २८ वर्षीया महिला रहेकी छन् ।
त्यस्तै बारा करैयामाई ५ निवासी ३८ वर्षीय पुरुषलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।
त्यस्तै नेपालमा हालसम्म कोरोनाका कारण २ जनाको मृत्यु भइसकेको छ । काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी ९ दिनकी सुत्केरी महिलाको कोरोनाकै कारण मृत्यु भएको थियो । त्यस्तै, बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको मृत्यु कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया