काठमाडौं – कोरोना भाइरस ‘कोभिड -१९’ का कारण धुलिखेल अस्पतालमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ स्थित राम्चेकी २९ वर्षीया सुत्केरी महिलाको गत बिहीवार राति मृत्यु भएपछि यतिबेला देशभर संन्त्रास फैलिएको छ । गत वर्ष माघ ९ गते पहिलो केस देखिएयता नेपालमा हालसम्म २ सय ९१ जना संक्रमित भइसकेका छन् । तर हिजो पहिलोपटक नेपालमा कोरोनाको कारण महिलाको मृत्यु भएपछि मानिसहरुमा थप भय सिर्जना भएको छ ।
यसैबीच काभ्रेपलाञ्चोकका अरनिको र बिपी राजमार्गमा थप कडाइ गरिएको छ । भने सुत्केरी महिलाको घर र माईतीको गाउँ पूरै सिल गरिएको छ ।
यसैबीच बाह्रबिसे नगरपालिकाका मेयर निमफूञ्जो शेर्पाले नगरवासीमा अनुरोध गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक ‘नोटिस’ राखेका छन् । उनले कोरोना विरूद्धको यो लडाईमा स्थानीय तहको तर्फबाट जनतामा संक्रमित हुन नदिन दिनरात नभनि खटिरहँदा समेत कोरोनाबाट बाह्रबिसे नगरपालिकाले एक सुत्केरी महिला गुमाउनुपरेको भन्दै दुख व्यक्त गरेका छन् ।
उनले लेखेका छन्- नगरभित्र संक्रमण हुन नदिने हाम्रो अथक प्रयास बाबजुत कोरोनाले सिन्धुपाल्चोकमै पहिलो प्रवेश पाएको छ । त्यति मात्रै होईन थप संक्रमित बढ्ने हुनाले संक्रमणको हामी उच्च जोखिममा छौँ ।
लकडाउनको बेला समेत स्थानीय नेपाली कांग्रेसले हुलहुज्जत र सडकमा निस्केर नाराबाजी गरेर गम्भीर गल्ति गरेकोप्रति उनले दुख व्यक्त गर्दै जुलुसमा उपस्थित भएका सबैलाई क्वारेन्टाईनमा बस्नको लागि अनुरोध गरेका छन् ।
कोरोना संक्रमित मृतक महिलासँग प्रत्यक्ष वा अप्रत्क्ष जोडिनु भएका माहानुभावहरूले ४ गते आउने विशेष परिक्षण सहितको डाक्टरको टोलीलाई परिक्षण गराएर साथ र सहयोग गरिदिन हुन समेत विशेष अपिल गर्दै उनले लेखेको स्टाटस यस्तो छ ।
बाह्रबिसे नगरपालिको तर्फबाट जनतामा अपिल
आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू !!
यतिबेला बिश्वब्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) बाट हाम्रो मुलुक अक्रान्त बनीरहेको छ ।
यो विषम परिस्थितको सामना गर्न यतिबेला सिङ्गो मुलुक लागि परेको छ । यद्यपि स्थानीय स्तरसम्म यो फैलिदो अवस्था छ ।
यो संगै पछिल्लो समय सिन्धुपाल्चोक पनि अक्रान्त बन्न पुगेको छ ।
कोरोना विरूद्ध लड्न र संक्रमित हुन नदिन हामी स्थानीय तहहरूले हरदम प्रयत्न गरिरहेपनि नेपाल सरकारले लगाएका अनुशासनका नियमहरूलाई कडाईकापूर्वक पालना गर्न कमी भएको हामीले अनुभूत गरिरहेका छौ ।
लकडाउनका बेला अपनाउनु पर्ने सावाधानीहरूलाई केही पक्षबाट हुलहुज्त तथा सडकमै निस्केर नारावाजी गर्ने समेत काम भएको छ । यो अवस्थामा सम्भावित संक्रमणलाई निम्त्याउन सक्ने प्रबल सम्भावना हुन्छ । यसकारण यो विषम परिस्थीतीलाई नजरअन्जाद नगर्न म स्थानीय राजनैतिक दल लगाएत सबै सरोकारवाला मानुभावहरूमा हार्दिक अनुरोध गर्दछु ।
साँच्चै हामी सबै बाँच्यौ भने सबै चिज हाम्रो हुनेछ । यस कारण पहिलो प्राथमिकता आफू सुरक्षित भएर बाँचौ र अरूलाई बचाऔं भन्न चाहन्छु । यो जटिल अवस्थालाई स्थानीय राजनीतिक दल, संघसंस्था, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीलाई आफ्नो अतुलनीय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्न चाहान्छु ।
अझ मुख्यतय यो विषम परिस्थितमा सबैभन्ना अहम भूमिका आम सञ्चारमाध्यमको भएको हुनाले सत्यतथ्य र निस्पक्ष समाचार गरिदिन हार्दिक अनुरोध गर्दछु ।
आदरणीय दाजुभाई तथा दिदिबहिनीहरू !!
कोरोना बिरूद्धको यो लडाईमा स्थानीय तहको तर्फबाट जनतामा संक्रमित हुन नदिन हामीले दिनरात नभई खटिईएका थियौं । तर दुःखको कुरा भन्नुपर्दा नेपालमा कोरोनाबाट मृत्यु हुने व्यक्ति हाम्रै बाह्रबिसे नगरपालिकाबाट हामीले क्षति व्यहोर्नु परेको छ ।
नगरभित्र संक्रमण हुन नदिने हाम्रो अथक प्रयास बाबजुत कोरोनाले सिन्धुपाल्चोकमै पहिलो प्रवेश पाएको छ । त्यति मात्रै होईन थप संक्रमित बढ्ने हुनाले संक्रमणको हामी उच्च जोखिममा छौ । यो हुनुमा बिशेषगरी स्थानीय नेपाली कांग्रेसको समेत गम्भीर गल्ति देखिन्छ । किनकि यतिबेला सडकमा नारा जुलुशको कुनै आवश्यकता थिएन । संक्रमित संग भेटघाट गरेका वडा नं ९ का केही व्यक्तित्वहरू समेत जुलुजमा जोडिएको हुनाले थप संक्रमित हुने खतरा देखिएकोले जुलुसमा उपस्थित भएका सबैलाई क्वारेन्टाईनमा बस्नको लागि अनुरोध गर्दछु । त्यस्तै प्रहरी प्रशासनले समेत आज हुलहुज्जतको घटनालाई विशेष निगरानी तथा नियन्त्रण गर्न नसक्नु कमजोरी देखिन्छ ।
म बिशेषगरी यसै क्षेत्रबाट निर्वाचित भई सभामुख बन्न सफल सम्माननीय अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका वन,उधोग,वातावरण तथा पर्यटनमन्त्री माननीय अरूण नेपाल तथा बागमती प्रदेशकै सामजिक बिकासमन्त्री माननीय युवराज दुलाल लगाएत प्रदेश माननीय सांसदहरूलाई अनुरोध गर्न चाहान्छु ।
यो विषम परिस्थितमा यो क्षेत्रमा फैलिन लागेको कोरोना भाईरस विरूद्धको अभियानमा तपाईहरूको महत्त्वपूर्ण भूमिका हुनसक्छ । यदि यो भूमिकालाई नजरअन्जाद गर्नु भयो भने मात्रै यो क्षेत्रका जनताले तपाईहरूलाई तिरस्कार गर्ने दिन नआओस भन्न चाहान्छु ।
अन्त्यमा आदरणीय नगरबासी दाजुभाइ तथा दिदिबहिनीहरू , जे जस्तोसुकै माहामारी आएपनि त्यसको सामना गर्ने तपाईहामी मिलेर नै हो ।
यसकारण भोलीका दिनमा तपाईहरूको साथसहयोगको निरन्तरताको अपेक्षा गरेको छु । साथै कोरोना संक्रमित मृतक महिला संग प्रत्यक्ष वा अप्रतक्ष जोडिनु भएका माहानु भावहरूले ४ गते आउने विशेष परिक्षण सहितको डाक्टरको टोलीलाई परिक्षण गराएर साथ र सहयोग गरिदिन हुन समेत म विशेष अपिल गर्दछु । धन्यवाद ।



उनको नोटिसमा नगरवासीले रिप्लाईको कमेन्ट दिँदै लेखेका छन् – “लकडाउनको सबै मिलेर पालना गरौँ, यो नै अचुक औषधी हो ।”
यसअघि लोकपथमा प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित २९१ पुगे
नयाँ बसपार्क नजिकै बस्थिन् कोरोनाबाट मृतक महिला, ‘एरिया सील’ गरिँदै
मन्त्रालयले भन्यो :कोरोनाबाट १ जनाको मृत्यु
कोरोनाकै कारण सिन्धुपाल्चोककी सुत्केरी महिलाको मृत्यु
कोरोनाबाट मृत्यु भएकी महिलाको दाहसंस्कार गरियो
कोरोनाबाट मृत्यु भएकाको कसरी गरिन्छ अन्तिम संस्कार ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया