नेकपाको स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ । आज बिहान ११ बजे पार्टी कार्यालयमा धुम्बाराहीमा बस्ने भनिएको बैठक स्थगित गरेको सचिवालयले जनाएको हो ।

विशिष्ठ व्यक्तिको सुरक्षामा तैनाथ रहेका सुरक्षाकर्मीलाई नै कोरोना देखिएपछि बैठक स्थगित भएको बताइएको छ । सांसदबाहेकका अन्य कोहि पनि नेताको परीक्षण नगरिएकाले बैठक रोकिएको जनाइएको छ ।

मंगलवार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय पुरुष नेता भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी भएको पाइएको थियो । उनी महिना दिन अगाडि देखि बिदामा बसेका थिए ।

योसँगै अन्यको पनि स्वास्थ्य परिक्षण नभएसम्म नेकपाको अर्को बैठकको मिति तय नहुने बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?