सगरमाथाबारे भ्रम छरेको भन्दै सिन्धुलीमा चिनियाँ राष्ट्रपतिको पुत्ला दहन

सिन्धुली । चिनियाँ मिडियाले सर्वोच्च शिखर सगरमाथा आफ्नो भूमिमा रहेको भन्दै ट्वीट गरेको विषयलाई लिएर सिन्धुलीमा युवाहरुले चिनियाँ राष्ट्रपति सी जीनपिङको पुत्ला दहन गरेका छन् ।

सिन्धुलीको भिमानमा डा. केशव पौडेलको नेतृत्वमा जागरुक युवाहरुको समूहले चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका हुन् । नेपालको झण्डा बोकेका युवाहरुले राष्ट्र र राष्ट्रियताको नारा लगाउँदै चिनियाँ राष्ट्रपतिको पुत्ला दहन गरेका थिए ।

केही दिन अघि चीनको सरकारी मिडियाले सगरमाथा चीनको भूमिमा रहेको उल्लेख गर्दै ट्वीट गरेको थियो । २ मे मा चीनको राष्ट्रिय टेलिभिजन चाइना ग्लोबल टेलिभिजन नेटवर्कले आधिकारिक ट्वीटरमा चोमोलोङमाको चुचुरो माथि देखिएको विशेष किसिमको सूर्यको दृश्य भनी तस्वीर राखेको थियो ।

जसमा विश्वको सर्वोच्च शिखर माउन्ट एभरेष्ट चीनमा पर्ने बताइएको थियो ।

उक्त विषयलाइ लिएर नेपालीहरुले समेत सामाजिक सञ्चालनमा चीनको विरोध जनाइरहेका छन् ।

गलत सूचना सम्प्रेषण गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएको हो । उनीहरुले ऐतिहासिक तथ्य हेर्न र सच्याउन सुझाव दिएका छन् ।

चिनियाँ मिडियाले सच्यायो गल्ती, लेख्यो ‘सगरमाथा नेपाल-चीन सीमामा’

विश्वको सर्वोच्च शिखर सगरमाथा चीनमा पर्ने चिनियाँ मिडियाहरुको दाबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?