एक दिनमा २५६ को कोरोना परीक्षण

विराटनगर । प्रदेश नं १ मा आज २५६ जनाको कोरोना रोगको परीक्षण भएको छ । द्रुत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट आजसम्म जम्मा आठ हजार २९१ जनामा नमूना परीक्षण भएको छ भने मङ्गलवारसम्ममा दुवै विधिबाट आठ हजार ३५ को कोरोना परीक्षण भएको थियो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडिटीतर्फ छ हजार ५५९ को नमूना परीक्षण भएको छ भने पिसिआरबाट एक हजार ७३२ को नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६९५ को रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आजसम्म कूल एक हजार ६५१ र आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । छ जना कोराना सङ्क्रमित उपचारपछि निको भएर आजै डिस्चार्ज भएका छन्। रासस

यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?

नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)

बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)

सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी

हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस :  के हर्टअट्याक हुने मान्छे हो म ? 

कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?