काबुल । अफगानिस्तानमा कोरोनाबाट संक्रमित हुनेको संख्यमा वृद्धि भएको छ । प्राप्त पछिल्लो समाचारअनुसार अफगानिस्तानमा यस भाइरसबाट ३ हजार ३९२ जना संक्रमित भएका छन् ।
राजधानी काबुलबाट प्राप्त समाचारमा अफगानिस्तानमा गएको २४ घन्टामा मात्र १६८ जना विरामी भेटिएका छन् । सो कुराको जानकारी अफगानिस्तानका स्वास्थ्यमन्त्री वाहिद माजरोहले दिएका हुन् ।
अफगानिस्तानको एक टेलिभिजन टोलोले जनाएअनुसार यहाँ २४ घन्टाभित्र देखिएका यी सबैभन्दा धेरै संख्याका संक्रमित हुन् ।
यहाँ यस संक्रमणबाट १०४ जनाको ज्यान गएको छ । उक्त टिभीले जनाएअनुसार गएको २४ घन्टामा यहाँका ९ जना संक्रमितको ज्यान गएको छ । त्यस्तै ३१ जना निको भएर फर्किएका छन् ।
यस संक्रमणबाट अफगानिस्तानका ४५८ जना नागरिक निको भएर घर फर्किएका छन् । त्यस्तै मन्त्री वाहिदले यहाँका १३ नागरिकमा यो भाइरसको परीक्षण भएको पनि बताएका छन् । रासस
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस : के हर्टअट्याक हुने मान्छे हो म ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया