जकार्ता । कोरोना भाइरसको सङ्क्रमणका कारण इन्डोनेसियामा पूर्वनिर्धारित निर्वाचन पछाडी धकेलिएको छ ।
आगामी सेप्टेम्बर २३ तारिखका लागि निर्धारण गरिएको निर्वाचन पछाडी धकेलिने भएको अधिकारीहरुले जनाएका छन् । यस निर्वाचनका लागि झण्डै एक अरब मतदाता रहेका छन्।
राष्ट्रपति जोको विडोडोले सोमवार एक निर्देशन जारी गर्दै यस पुर्वनिर्धारित निर्वाच पछाडी सरेको घोषणा गरेका हुन् ।
उनले सेप्टेम्बरका लागि तय गरेको निर्वाचन डिसेम्बरमा हुनेगरी तय गरिएको जानकारी दिए ।
अहिले सारेर निर्धारण गरिएको समयमा पनि निर्वाचन हुन्छ की हुन्न भन्ने कुरा कोरोना भाइरसको महामारीको अवस्थामा भर पर्ने उनले स्पष्ट पारेका छन्।
विश्वमै धेरै जनसंख्या भएका मुलुकहरु मध्ये चौथो देशमा पर्ने इन्डोनेसियामा क्षेत्रीयस्तरको निर्वाचन गर्नु पर्ने बेला भएको हो ।
राज्य सचिवालयको आधिकारीक वेभसाईटमार्फत् बुधवार दिइएको जानकारीअनुसार देशका २७० क्षेत्रमा निर्वाचन गर्नुपर्ने छ ।
ती क्षेत्रमा नौ जना गर्भनर, ३७ जना मेयर र २२४ जना जिल्ला प्रमुख निर्वाचन गर्नु पर्ने वेवसाईटमा उल्लेख गरिएको छ ।
इन्डोनेसियामा कोरोना भाइरसबाट अहिलेसम्म १२ हजार ४३८ जना सङ्क्रमित भएका छन् । ती मध्ये ३६७ जना पछिल्लो २४ घण्टामा सङ्क्रमित भएका हुन् । त्यसैगरी कुल मृतकको संख्या ८९५ पुग्दा पछिलो २४ घण्टामा २३ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । रासस
यसअघि प्रकाशित यी समाचार पढ्नुभयो ?
नेपालमा कोरोना अपडेट: ९९ पुगे संक्रमित, जम्मा १४ हजार ९६ वटा पिसिआर परीक्षण (विवरणसहित)
बाइक चलाएर आएको बाँदरले बालकलाई लगेपछि‘ (भिडियोसहित)
सार्वजनिक भएका उत्तर कोरियाली तानाशाह किम जोङ उन ‘नक्कली’ भएको दाबी
हृदयघातको हल्ला पछि बोले पूर्वयुवराज पारस : के हर्टअट्याक हुने मान्छे हो म ?
कोरोना भाइरसविरुद्धको औषधि बनाउने इटाली विश्वकै पहिलो देश, मुसामा परिक्षण सफल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया